काठमाडाैं/भदाैं २६ गते। बुबा परिवारका संरक्षक, मार्गदर्शक र प्रेरणाका स्रोत हुनुहुन्छ। सन्तानको उज्यालो भविष्यका लागि उहाँले गर्ने त्याग, परिश्रम र समर्पण अतुलनीय हुन्छ। भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसीलाई ‘बुबाको मुख हेर्ने दिन’ (गोकर्ण औंसी) पनि भनिन्छ। यो दिन पितृ सम्मान र बुबाप्रति श्रद्धा प्रकट गर्ने विशेष अवसर हो। कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिनमा बुबालाई खुसी बनाउन र दिनलाई विशेष बनाउन प्रयोग गर्न सकिने केही व्यावहारिक उपाय तथा उपहारहरू तल उल्लेख गरिएका छन ।
बुबालाई खुसी पार्ने तरिकाहरू
समय बिताउने र कुराकानी गर्ने: आजको दिन बुबासँग बसेर उहाँका पुराना अनुभव, कथा वा सम्झनाहरू सुन्नुहोस्। तपाईंको व्यस्त समयबाट निकालेर दिइने समय नै उहाँका लागि सबैभन्दा ठूलो खुसी हो।
मिठो भोजन वा परिकार: बुबालाई मनपर्ने खानेकुरा, मिठाई वा परिकार आफ्नै हातले बनाएर खुवाउनुहोस् वा सँगै बसेर भोजन गर्नुहोस्।
आशीर्वाद र सम्मान: बिहानै स्नान गरी बुबाको चरण स्पर्श गरेर आशीर्वाद लिनुहोस्। उहाँले परिवारका लागि गर्नुभएको त्याग र योगदानप्रति धन्यवाद व्यक्त गर्नुहोस्।
स्वास्थ्यको ख्याल र सेवा: उहाँको गोडा मिचिदिने, मालिस गरिदिने वा उहाँलाई आराम दिने जस्ता साना सेवाले पनि उहाँलाई निकै खुसी तुल्याउँछ।
उपहारका सबालमाः
उपयोगी कपडा: बुबाका लागि आरामदायक कुर्ता-पहिरन, ढाका टोपी, ज्याकेट, वा सोबर/औपचारिक पोसाक (Shirt/Pants)।
स्वास्थ्यसम्बन्धी वस्तु: डिजिटल रक्तचाप नाप्ने मेसिन (BP Monitor), सुगर जाँच्ने किट, मसाज गन, वा आरामदायी जुत्ता/चप्पल।
धार्मिक वा आध्यात्मिक वस्तु: बुबा धार्मिक रुचि राख्नुहुन्छ भने गीता, रामायण जस्ता धार्मिक पुस्तक, जप गर्ने माला, वा सानो पूजा सामग्री।
प्रविधि र मनोरञ्जन: रेडियो, एफएम, हेडफोन, वा उहाँलाई प्रयोग गर्न सहज हुने स्मार्टवाच/फोन।















Discussion about this post