काठमाडौं/भदौ २५ गते। नेपाल एसीसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलको मैदानमा नेपालले ओमानलाई ८७ रनले हराउँदै फाइनमा स्थान बनाएको हो ।
नेपालले दिएको १४८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान १८.१ ओभरमा ६० रनमै अलआउट भयो । ओमानका लागि जतिन्दर सिंह २५ तथा जितेन रमानन्दीले १३ रन बनाए । उसका पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओमानलाई सस्तैमा समेट्न सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले तीन–तीन तथा ललित राजवंशी र रोहित पौडेलले दुई–दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल ४५.४ ओभरमा १४७ रनमै अलआउट भएको थियो । दीपेन्द्र सिंह ऐरीले ५१ तथा बसिर अहमदले ४७ रनको योगदान दिए ।
नेपालले अब उपाधिका लागि युएईसँग खेल्नेछ । युएईले हङकङमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ । फाइनल खेल शनिबार हुनेछ । उपाधि जित्ने टोलीले २०२७ मा बंगलादेशमा हुने एसिया कपमा स्थान बनाउने छ ।















Discussion about this post