nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेशमा लागूऔषध कारोबार बढ्दो, २८११ जना पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २५, २०८३, ११:१० बिहान
श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

जनकपुरधाम/भदौ २५ गते। मधेश प्रदेशमा लागूऔषधको कारोबार निकै बढदै गएको छ । प्रदेशका विभिन्न जिल्लाबाट बुधबार मात्रै ४ जनालाई ठूलो परिमाणमा लागूऔषध सहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा २/२ जना भारतीय र नेपाली रहेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार पर्साको वीरगञ्जबाट दुई जना भारतीय नागरिकलाई लागूऔषधसहित पक्राउ गरिएको छ । प्राप्त जानकारी अनुसार वीरगञ्जमा एक जना होटल र एक जना गाडी चेकजाँचको क्रममा लागूऔषधसहित पक्राउ परेको हो ।

पर्सा प्रहरीले जनाए अनुसार वीरगन्ज महानगरपालिका–१६, लिंकरोडस्थित होटल अमन प्यालेसमा सशस्त्र प्रहरीले छापा मारेर ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित भारतीय नागरिकलाई भारतको बिहार राज्य, रक्सौल–१३ निवासी अन्दाजी ३५ वर्षीय विशाल कुशवाहा पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोको टोलीले बुधबार दिउँसो होटलको कोठा नम्बर २०५ मा बुकिङ गरी बसेका कुशवाहालाई पक्राउ गरेको जनाइएको छ । प्रहरीका अनुसार कुशवाहाको साथबाट १३२ ग्राम ३२ मिलिग्राम ब्राउन सुगर (खैरो हेरोइन) बरामद भएको हो ।

त्यसैगरी, सशस्त्र प्रहरीको टोलीले कुशवाहासँगै बीआर ०५ बीएस ०४१९ नम्बरको कालो रंगको मोटरसाइकल, एक थान एन्ड्रोइड मोबाइल, नेपाली नगद ३२ हजार १०० रुपैयाँ र भारतीय नगद ४ हजार २०० रुपैयाँसमेत बरामद गरेको जनाएको छ।

यस्तै वीरगञ्ज महानगरपालिकाकै वडा नम्बर २१ परवानीपुर चोकबाट प्रहरीले ७ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

लागूऔषध ब्राउन सुगरको खरिद बिक्री तथा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले जितपुरबाट वीरगञ्जतर्फ गइरहेको भारतीय नम्बर प्लेटको कारलाई चेकजाँच गर्दा चालक बस्ने सिटको माथिल्लो भागमा प्लास्टिकभित्र लुकाइछिपाइ राखिएको ७ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा चालक भारत बिहार, पूर्वी चम्पारण, रक्सौल नगरपालिका–५ लोहडियाका ३१ वर्षीय दिनेश प्रसाद रहेको जनाइएको छ । पक्राउ परेका व्यक्तिमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

त्यस्तै बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित वडा कार्यालय नजिकै पूर्वपश्चिम राजमार्गबाट ठूलो परिमाणमा लागूऔषध ट्रामाडोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गमा चेकिङ गर्ने क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बसलाई रोकेर प्रहरीले चेकजाँच गर्दा बसको हुड र्‍याकमा राखिएका दुईवटा क्यारी ब्याग फेला परेका थिए । ती ब्याग चेकजाँच गर्दा १८ हजार ३ सय पिस ट्रामाडोल भन्ने लागू औषध  बरामद भएको प्रहरीले जनाएको छ ।

लागूऔषधसहित पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१६ बस्ने करिब १९ वर्षीय आनन्द चौरसिया रहेको छ । पक्राउ परेका चौरसियामाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यता सिरहाको लहानमा प्रहरीले प्रतिबन्धित औषधिसहित स्कारपियो गाडी नियन्त्रणमा लिएको छ । प्रहरीले गाडीका चालकलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–१० का करिब ४१ वर्षीय विजयकुमार बिसुके रहेको सिरहा प्रहरीले जनाएको छ ।

बुधबार बिहान करिब ९ः१५ बजे लहान नगरपालिका–३ स्थित ठाडी चोकमा इलाका प्रहरी कार्यालय लहान र सशस्त्र प्रहरी बल सुरक्षा बेस लहानबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा ठाडीबाट लहानतर्फ आउँदै गरेको स १ च १४१४ नम्बरको स्कारपियो रोकेर चेकजाँच गर्दा ओनरेक्स १०० भन्ने प्रतिबन्धित औषधि १२३ बोतल बरामद गरिएको छ ।

तीन वर्षमा २८११ जना पक्राउ

मधेश प्रदेशका आठ वटै जिल्लाबाट लागुऔषधविरुद्धको अभियान अन्तर्गत प्रहरीले बितेका गत तीन आर्थिक वर्षमा लागुऔषधसहित दुई हजार ८११ जना पक्राउ गरेका छन् भने दुई हजार १२१ वटा लागुऔषध सम्बन्धित मुद्दा दर्ता भएका छन् ।

उक्त अवधिमा दुई हजार ५५४ नेपाली, २५४ विदेशी नागरिकसहित दुई हजार ८११ जना पक्राउ परेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले जानकारी दिएका छन् ।

गत आर्थिक वर्षमा मात्रै प्रदेशबाट लागुऔषधसहित प्रहरीले ७८६ नेपाली, ८४ भारतीय र एक विदेशी गरी ८७१ जनालाई पक्राउ गरेको छ भने ६३० वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरेको हो ।

सो अवधिमा १५ हजार ३८२ किलोग्राम गाँजा, ५१६ ग्राम ब्राउन सुगर, २७२ किलोग्राम चरेस, तीन किलोग्राम अफिम, दुई हजार ८३१ ग्राम हिरोइन, चार लाख ७३ हजार ४८५ वटा ट्याब्लेट, दुई हजार ११८ सिरफ र १८ हजार १२५ इन्जेक्सन बरामद भएको प्रवक्ता एसएसपी ढकालले जानकारी दिएका छ्न ।

उनका अनुसार अघिल्लो आव २०८१/८२ मा लागुऔषधसहित ८३६ जना पक्राउ पर्दा ५८५ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएको थियो । यसअघि गत आव २०८०/८१ मा प्रहरीले मधेश प्रदेशबाट लागुऔषधसहित एक हजार १०४ जनालाई पक्राउ गरेको थियो भने ७९७ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएको थियो ।

प्रहरीका अनुसार सीमावर्ती भारतीय बजारमा पुगेर लागुऔषध सेवन र खरिद गरी नेपाल ल्याउने क्रममा पक्राउ पर्नेहरुमा युवाजमात बढी छन् । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी ओमप्रसाद अधिकारीका अनुसार लागुऔषध सेवन र कारोबारीको आरोपमा पक्राउ पर्नेमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा रहेका छन् ।

Tags: मधेस खबर

Discussion about this post

Related Posts

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

एप्पलको पहिलो फोल्डेबल फोन ‘आईफोन डुओ’ सार्वजनिक, कति पर्छ मूल्य ?

एप्पलको पहिलो फोल्डेबल फोन ‘आईफोन डुओ’ सार्वजनिक, कति पर्छ मूल्य ?

पेट दुखेर अस्पताल पुगेकी महिलाको पेटमा देखियो १३ कलम, ५ चम्चा र एउटा मैनबत्ती

पेट दुखेर अस्पताल पुगेकी महिलाको पेटमा देखियो १३ कलम, ५ चम्चा र एउटा मैनबत्ती

रौतहटका नयाँ सिडिओ पौडेलले सम्हाले जिम्मेवारी, शान्ति–सुरक्षा र सुशासन मुख्य चुनौती

रौतहटका नयाँ सिडिओ पौडेलले सम्हाले जिम्मेवारी, शान्ति–सुरक्षा र सुशासन मुख्य चुनौती

विश्वकर्मा पूजामा प्रदेशस्तरीय बिदाको माग, श्रम संस्कृतिलाई सरकारी मान्यता दिन आग्रह

विश्वकर्मा पूजामा प्रदेशस्तरीय बिदाको माग, श्रम संस्कृतिलाई सरकारी मान्यता दिन आग्रह

बलिउड अभिनेत्री जो सिनेमा छाडेर बनिन ज्योतिष

बलिउड अभिनेत्री जो सिनेमा छाडेर बनिन ज्योतिष

पश्चिमा प्रतिबन्ध बाबजुद रुसद्वारा अन्टर्टिकावाट उत्खनन सुरु

पश्चिमा प्रतिबन्ध बाबजुद रुसद्वारा अन्टर्टिकावाट उत्खनन सुरु

‘दृश्यम ३’ को पटकथा तयार पार्न साढे दुई वर्ष लाग्यो: अजय देवगन

‘दृश्यम ३’ को पटकथा तयार पार्न साढे दुई वर्ष लाग्यो: अजय देवगन

अमेरिकी इतिहासकै ठूलो क्रिप्टो चोरी: २२ वर्षीय युवकद्वारा २५ करोड डलर बिटकोइन ठगी

अमेरिकी इतिहासकै ठूलो क्रिप्टो चोरी: २२ वर्षीय युवकद्वारा २५ करोड डलर बिटकोइन ठगी

ट्रम्पद्वारा आचारसंहिता बिपरित सहयोगीहरूलाई हजाराैं डलर नगद उपहार

ट्रम्पद्वारा आचारसंहिता बिपरित सहयोगीहरूलाई हजाराैं डलर नगद उपहार

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि