nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जलवायु परिवर्तनका प्रभाव कम गर्न जनकपुरधाममा वृक्षारोपण

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १८, २०८३, ९:४९ मध्यान्ह
जलवायु परिवर्तनका प्रभाव कम गर्न जनकपुरधाममा वृक्षारोपण

जनकपुरधाम/भदौ १८ गते। जलवायु परिवर्तनका कारण बढ्दो गर्मी, बाढी, पहिरो तथा मौसममा देखिएको अस्वाभाविक परिवर्तनका बीच जनकपुरधाममा हरियाली प्रवर्द्धनका लागि वृक्षारोपण अभियानलाई तीव्रता दिइएको छ।

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहको नेतृत्वमा जनकपुरधाम–१२ स्थित कुवास्थित राजदेवी मन्दिर अगाडिको सार्वजनिक खाली मैदानमा वृक्षारोपण गरिएको हो।

वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका करिब ५० वटा बिरुवा रोपिएको जनाइएको छ। लामो समयदेखि खाली रहेको सार्वजनिक क्षेत्रलाई हरियालीयुक्त बनाउने उद्देश्यले वृक्षारोपण गरिएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा समिति सदस्य तथा एनप्याब्सन जनकपुरधाम नगर अध्यक्ष दीपक ठाकुरले बताए।

वृक्षारोपण कार्यक्रममा सहभागीहरूले तराई क्षेत्रमा पछिल्लो समय बढ्दै गएको तापक्रम, घट्दो हरियाली र वातावरणीय असन्तुलन न्यूनीकरणका लागि सार्वजनिक स्थानमा वृक्षारोपणलाई अभियानकै रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

उनीहरूले बिरुवा रोपेर मात्र नहुने भन्दै रोपिएका बिरुवाको नियमित संरक्षण र स्याहारमा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। सार्वजनिक क्षेत्रलाई हरियालीयुक्त बनाउन स्थानीय तह, संघसंस्था तथा समुदायको सहकार्य आवश्यक रहेको सहभागीहरूको भनाइ थियो।

वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्नुका साथै स्वच्छ हावा, शीतलता र हरियाली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। बढ्दो तापक्रम र वातावरणीय जोखिम न्यूनीकरणका लागि शहरी क्षेत्रमा वृक्षारोपणको महत्व अझ बढ्दै गएको छ।

यसअघि पनि नगर प्रमुख साहको नेतृत्वमा जनकपुरधामस्थित ऐतिहासिक तिरहुतिया गाछीमा ठूलो संख्यामा वृक्षारोपण गरिएको थियो। वृक्षारोपण तथा संरक्षणका कारण पछिल्लो समय तिरहुतिया गाछी क्षेत्र थप हरियालीयुक्त बन्दै गएको जनाइएको छ।

जनकपुरधामका सार्वजनिक तथा खुला क्षेत्रलाई क्रमशः हरियालीयुक्त बनाउँदै वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले आगामी दिनमा पनि वृक्षारोपण अभियानलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

सुरक्षाकर्मी र स्थानिय तहका कर्मचारीको रकम नकाटः रामकुमारी झाक्री

सुरक्षाकर्मी र स्थानिय तहका कर्मचारीको रकम नकाटः रामकुमारी झाक्री

बर्षमानले दिए प्रधानमन्त्रीलाई १८ बुदेँ सुझाव

बर्षमानले दिए प्रधानमन्त्रीलाई १८ बुदेँ सुझाव

धनुषामा झाडीबाट गाँजा बरामद 

धनुषामा झाडीबाट गाँजा बरामद 

मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पट मूर्खको खोजी तीव्र

विश्व सम्पदा सूचीको तयारीमा जानकी मन्दिर, आसपासको क्षेत्र ‘जोन ए’ मा संरक्षित

प्रशान्त महासागरमा एकैपटक तीन शक्तिशाली तूफान सक्रिय

प्रशान्त महासागरमा एकैपटक तीन शक्तिशाली तूफान सक्रिय

बैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा

शुक्रबारदेखि लगातार तीन दिन सार्वजनिक बिदा,भदौ २३ गते पनि बिदा

भदौ २३ गते ’जेन्जी शहीद दिवस’ भन्दै सरकारले दियाे देशभर सार्वजनिक बिदा

भदौ २३ गते ’जेन्जी शहीद दिवस’ भन्दै सरकारले दियाे देशभर सार्वजनिक बिदा

मानव बेचबिखनविरुद्ध धनुषा जिल्ला समिति गठन, तीन संस्थालाई सदस्यमा मनोनयन

मानव बेचबिखनविरुद्ध धनुषा जिल्ला समिति गठन, तीन संस्थालाई सदस्यमा मनोनयन

अनलाइन ठगी रोक्न ह्वाट्सएपले ल्यायो नयाँ सुरक्षा सुविधा

अनलाइन ठगी रोक्न ह्वाट्सएपले ल्यायो नयाँ सुरक्षा सुविधा

रसुवा बाढीपीडितका लागि औषधि व्यवसायी संघ धनुषाको ४ लाख १ सय ११ रुपैयाँ सहयोग

रसुवा बाढीपीडितका लागि औषधि व्यवसायी संघ धनुषाको ४ लाख १ सय ११ रुपैयाँ सहयोग

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि