जनकपुरधाम/भदौ १६ गते। रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि जनकपुरधामको जनकचोकमा राहत सामग्री तथा सहयोग रकम संकलन अभियान सञ्चालन भइरहेको छ।
बाढी प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको अभियानको अगुवाइ तथा संयोजन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता अम्भुप्रसाद साहले गरिरहेका छन्।
अभियानमा सहभागी हुँदै नेता साहले विपद्को समयमा मानवीय सहयोग र एकताको आवश्यकता रहेको भन्दै इच्छुक सबैलाई राहत संकलनमा सहयोग गर्न आग्रह गरेका छन्।
रसुवामा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि देशका विभिन्न स्थानबाट प्रभावितका लागि राहत तथा उद्धार अभियान सञ्चालन भइरहेका छन्। जनकपुरधामबाट पनि स्थानीयस्तरमा सहयोग जुटाउने प्रयासस्वरूप यो अभियान अघि बढाइएको हो।















Discussion about this post