काठमाडौँ/भदौ १५ गते। रसुवा भोटेकोशी प्रलयकारी बाढीमा परी ४३ जना अष्ट्रेलियन नागरिक बेपत्ता भएका छन् ।
अष्ट्रेलियाको सरकारले जारी गरेको आधिकारिक तथ्यांक अनुसार रसुवा भोटेकोशी बाढीमा परी ४३ जना आफ्ना नागरिक हराएको जानकारी दिएको हो ।
सरकारले आज जनाएअनुसार हाल ४३ जना अस्ट्रेलियालीहरू हराइरहेको पुष्टि भएको त्यहाँका मिडियाले जनाएका छन ।
‘ती अस्ट्रेलियालीहरूलाई सकुशल उद्धार गर्न सकिन्छ भन्ने आशा हामीले अझै त्यागेका छैनौँ,’ सहायक विदेशमन्त्री म्याट थिस्टलथवेटले एबीसीलाई भने, ‘हराइरहेका ती अस्ट्रेलियालीहरूको खोजी गर्न हामी हरसम्भव प्रयास गरिरहेका छौँ र चौबीसै घण्टा खटिरहेका छौँ ।’
उता, सुरुमा हराएकाहरूको सूचीमा परेकी कारा सेभेरिनो हिँडेरै सुरक्षित स्थानसम्म पुगेकी छिन र सप्ताहन्तमा कन्सुलर अधिकारीहरूले उनलाई त्यहाँबाट आफ्नो जिम्मामा लिएका थिए ।
हिजो जारी गरिएको एक विज्ञप्तिमा उनका अभिभावकहरूले भने, ‘अत्यन्त कठिन भू भागमा हिँड्नु पर्दाका ती कष्टकर दिनहरूमा उनलाई साथ दिने नेपाली पदयात्री साथीहरूप्रति हामी अत्यन्त आभारी छौँ, उनीहरू सबै सकुशल रहन सकेकोमा हामी निकै कृतज्ञ छौँ।’















Discussion about this post