nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

यौन दुर्व्यवहार मुद्दामा तीन बेलायती पूर्व खेलाडी दोषी ठहर

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १४, २०८३, ११:३४ बिहान
यौन दुर्व्यवहार मुद्दामा तीन बेलायती पूर्व खेलाडी दोषी ठहर

काठमाडाैं/भदाैं १४ गते। मोरोक्कोमा एक स्प्रिन्टिङ (दौड) प्रशिक्षकद्वारा नाबालिगमाथि भएको यौन दुर्व्यवहारको मुद्दासँग सम्बन्धित अनुसन्धानका क्रममा बेलायतका तीन पूर्व खेलाडी दोषी ठहरिएका छन्।

यस कानुनी कारबाहीको परिणाम स्वरूप ‘युके एथलेटिक्स’का प्रशिक्षक एवं सन् २०१० को कमनवेल्थ गेम्समा २०० मिटर दौडका स्वर्ण पदक विजेता लियोन ब्याप्टिस्ट जेल परेका हुन्।

बीबीसी स्पोर्टले उनको दोषी ठहर र जेल सजायको खुलासा गर्नु अघि ब्याप्टिस्ट मोरोक्कोमा हराएको दाबी गरेकाे थियो। अदालतका फैसलाहरूका आधारमा सोही मुद्दासँग सम्बन्धित अन्य दोषीहरूबारे थप विवरणहरू सार्वजनिक भएका छन्।

कमनवेल्थ गेम्समा दुई पटक रजत पदक जितेका हर्डलर (बाधा दौडका खेलाडी) विल शर्मन, उनका भाइ एवं पूर्व बब्सले खेलाडी रिचर्ड शर्मन र बब्सलेकै अर्का पूर्व खेलाडी लामिन डिन, जो सबै ब्याप्टिस्टसँग बिदा मनाउन गएका थिए, नाबालिगलाई प्रलोभनमा पार्ने कार्यमा संलग्न रहेको अभियोगमा दोषी ठहरिएका हुन्। सोही कसुरमा उनीहरूका परिचित एस्ली ओलेरी जोन्स र डेभिड टक पनि दोषी ठहरिएका छन्।

तर, उक्त समूहले आफ्ना वकिलहरूमार्फत आफूहरू कहिल्यै पक्राउ नपरेको र दोषी ठहर भएको विषयमा अनभिज्ञ रहेको दाबी गरेका छन्। ती पाँचै जनाको तर्फबाट एक प्रवक्ताले बीबीसी स्पोर्टलाई भने, “विलियम, रिचर्ड, लामिन, डेभिड र एस्ली अचानक आइपरेको यस परिस्थितिबाट स्तब्ध र विचलित भएका छन्। उनीहरू जानी-जानी कुनै पनि गैरकानुनी वा अनुचित कार्यमा संलग्न भएको आरोप अस्वीकार गर्छन्। आफूहरूमाथि तोकिएका सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेरै मोरोक्कोबाट फर्किएको उनीहरूको भनाइ छ। त्यतिबेला करिब ४० पाउण्ड बराबरको प्रशासनिक जरिवाना तिरेपछि सो मामिला टुङ्गिएको उनीहरूले बुझेका थिए।”

त्याे बेला माराकेसको बाहिरी इलाका तामेन्सोर्टस्थित एक भिल्लामा प्रहरीले छापा मारेको थियो। एक किशोरीले प्रहरीलाई सम्पर्क गरी आफूलाई सो भिल्लामा ल्याइएको, ब्याप्टिस्टसँग यौन सम्पर्क गरेबापत दिने भनिएको रकम नपाएको र घडी चोरेको आरोपमा घरको हेरचाह गर्ने व्यक्ति (हाउसकिपर) बाट कुटपिटको सिकार हुनुपरेको उजुरी दिएपछि प्रहरीले छापा मारेको थियो। जुन घटना पछि याे खुलासा भएकाे थियाे ।

त्यसपछि ४१ वर्षीय ब्याप्टिस्ट नाबालिगमाथि यौन दुर्व्यवहार गरेकोमा दोषी ठहरिए र उनलाई १० महिनाको जेल सजाय सुनाइयो। पछि पुनरावेदनमार्फत उक्त सजाय घटाएर आठ महिना कायम गरिएको थियो।

अदालतले फैसला सुनाउँदासम्म उक्त समूह मोरक्कोबाट बाहिरिइसकेको थियो। तथापि, जुलाईमा भएको पुनरावेदन सुनुवाइले उनीहरूमाथिको दोषी ठहर र सजायलाई यथावत् राख्यो।

बीबीसी स्पोर्टलाई आफ्ना वकिलमार्फत दिएको प्रतिक्रियामा शर्मन दाजुभाइ, डिन, ओ’लेरी जोन्स र टकले आफूहरू चालकको सुझावका आधारमा ‘मोन्टेक्रिस्टो’ नाइटक्लब गएको बताएका छन्। उक्त स्थान कुनै अमर्यादित वा शंकास्पद ठाउँ होला भन्ने सोच्नुपर्ने कुनै कारण नभएको उनीहरूको दाबी छ।

उनीहरूका अनुसार ती युवतीको उमेरबारे आफूहरूलाई कुनै जानकारी थिएन र समूहका केही सदस्यहरूलाई त नाइटक्लबमा उनलाई देखेको समेत याद छैन। साथै, आफूहरू बसेको भिल्ला निकै ठूलो भएकाले भिल्लाभित्र ती पुरुषहरू र ब्याप्टिस्टबीचको अन्तरक्रिया पनि सीमित नै रहेको उनीहरूले दावी गरिरहेका छन् ।

Tags: अन्तराष्ट्रिय

Discussion about this post

Related Posts

रसुवाका भोटेकोशी बाढीपीडितका लागि भरतपुरमा राहत सङ्कलन कक्ष स्थापना

रसुवाका भोटेकोशी बाढीपीडितका लागि भरतपुरमा राहत सङ्कलन कक्ष स्थापना

तापक्रमले नाघ्यो सिमा

इरानको मेहरानको तापक्रम ५० डिग्री हुदाँ, टयुनिसियामा ४९.८ डिग्रि सेल्सियस रेकर्ड

डोटीको सिमचौरका ५६ घरमा पुग्यो राष्ट्रिय विद्युत्, स्थानीय खुसी

डोटीको सिमचौरका ५६ घरमा पुग्यो राष्ट्रिय विद्युत्, स्थानीय खुसी

‘नीलो क्रान्ति’ वाला भिआइपीको स्टन्टले गाईजात्रा बिर्सायो : गोकुल बास्कोटा

‘नीलो क्रान्ति’ वाला भिआइपीको स्टन्टले गाईजात्रा बिर्सायो : गोकुल बास्कोटा

शरिमा आइरनको कमी, बेलैमा पुर्ती नगरे देखिने छन् समस्या

शरिमा आइरनको कमी, बेलैमा पुर्ती नगरे देखिने छन् समस्या

भोटेकोसी बाढी : कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो

भोटेकोसी बाढी : कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो

मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, सिडिओ र एसपीविरुद्ध नाराबाजी

मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, सिडिओ र एसपीविरुद्ध नाराबाजी

‘ट्रान्सफर विन्डो’ बन्द हुनु अगावै म्यानचेस्टर युनाइटेड थप खेलाडी भित्र्याउने दाउमा

‘ट्रान्सफर विन्डो’ बन्द हुनु अगावै म्यानचेस्टर युनाइटेड थप खेलाडी भित्र्याउने दाउमा

नेपालको इतिहासमा भदौ १५ गते, पहिलाे पटक उपत्यका बाहिर बैंक शाखा

नेपालको इतिहासमा भदौ १५ गते, पहिलाे पटक उपत्यका बाहिर बैंक शाखा

श्री चित्रगुप्त सेवा समितिको नि : शुल्क स्वास्थ्य शिविरबाट १७० जना लाभान्वित

श्री चित्रगुप्त सेवा समितिको नि : शुल्क स्वास्थ्य शिविरबाट १७० जना लाभान्वित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि