nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

१८ अर्ब डलरको सम्झौतापछि मेटाले फेसबुक र इन्स्टाग्रामका फिचर फेर्दै

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १२, २०८३, ८:५६ मध्यान्ह
१८ अर्ब डलरको सम्झौतापछि मेटाले फेसबुक र इन्स्टाग्रामका फिचर फेर्दै

काठमाडौं/भदौ १२ गते । बालबालिकालाई जोखिममा पारेको आरोप लागेको अमेरिकी संघीय मुद्दामा सामाजिक सञ्जालको दिग्गज कम्पनी मेटा १८ अर्ब डलरको ऐतिहासिक सम्झौता गर्न सहमत भएको छ।

यस सम्झौताका सर्तअनुसार कम्पनी आफ्ना लोकप्रिय प्लेटफर्महरू इन्स्टाग्राम र फेसबुकमा नयाँ तथा कडा सुरक्षा सुविधाहरू लागू गर्न बाध्य हुनेछ।

यस वर्ष मेटाले आफूविरुद्ध परेका थुप्रै कानुनी मुद्दाहरूको सामना गरिरहेको छ। तीमध्ये अधिकांश मुद्दामा कम्पनीले आफ्ना प्लेटफर्महरू जानाजानी लत बसाउने किसिमले डिजाइन गरेको र तिनले बालबालिकाको मानसिक तथा शारीरिक स्वास्थ्यमा हानि पुर्‍याएको दाबी गरिएको छ। कम्पनीले यस अघि नै दुईवटा मुद्दा हारिसकेको छ भने क्षतिपूर्ति समेत तिर्न बाध्य भएको छ।

बुधबार अमेरिकाका ४८ राज्यहरूसँग भएको यस सम्झौताअन्तर्गत १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूका फेसबुक र इन्स्टाग्राम खातामा व्यापक परिवर्तन गरिने भएको छ। जसअनुसार रात्रिकालीन समयमा प्रयोगमा रोक अर्थात नाइट कर्फ्यू देखि लिएर दैनिक दुई घण्टाको प्रयोग सीमा अर्थात स्क्रीन टाइम लिमिट सम्मका नियमहरू मेटाले अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्नेछ।

यस सम्झौताको प्रभाव विश्वव्यापी रूपमा पर्न सक्ने अनुमान गरिएको छ, किनभने विश्वका धेरै देशहरूले मेटा र अन्य सामाजिक सञ्जाल कम्पनीहरू माथि पहिले नै नियमनकारी कदम चालिरहेका छन्।

क्यालिफोर्नियाको पुनरावेदन अदालतमा दर्ता भएको विवरणअनुसार अमेरिकाका २९ वटा राज्यले मेटाविरुद्ध संयुक्त रूपमा मुद्दा दायर गरेका हुन्। उनीहरूले मेटामाथि प्लेटफर्महरूलाई लत बसाल्ने खालको व्यवहार बढावा दिने गरी डिजाइन गरेको, उमेर प्रमाणीकरण गर्न असफल भएको, किशोर किशोरीलाई अभिभावकीय नियन्त्रण छल्न प्रेरित गरेको तथा हानिकारक एवं शोषणमूलक सामग्री विरुद्ध पर्याप्त सुरक्षा नअपनाएको गम्भीर आरोप लगाएका छन्।

सन् २०२३ मा प्रविधि क्षेत्रको दिग्गज कम्पनी मेटा विरुद्ध संघीय मुद्दा दायर गर्ने सुरुवाती चार अमेरिकी राज्यहरू क्यालिफोर्निया, केन्टकी, कोलोराडो र न्यु जर्सीले क्यालिफोर्नियाको संघीय अदालतमा आफ्नो मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढाएका थिए ।

अदालतमा मुद्दा दायर गर्ने महान्यायाधिवक्ताहरूले मेटाका प्लेटफर्महरू अर्थात फेसबुक र इन्स्टाग्राममा युवा प्रयोगकर्ताहरूको सुरक्षा सुनिश्चित गर्न व्यापक सुधारको माग गरेका छन्। उनीहरूले मुख्य गरी देहायबमोजिमका कदम चाल्न अदालतसँग आदेश मागेका छन्ः

अभिभावकीय प्रमाणीकरणः किशोर प्रयोगकर्ताहरूका लागि अभिभावकको स्वीकृति अनिवार्य गर्ने।

एल्गोरिदममा परिवर्तनः मस्तिष्कमा आनन्दको रसायन बढाउने (डोपामाइन÷मनिपुलेटिङ) र लत बसाल्ने खालका एल्गोरिदमहरू सच्याउने।

इमेज फिल्टर हटाउनेः व्यक्तिगत तस्बिरहरूका लागि प्रयोग हुने भर्चुअल इमेज फिल्टरहरू बन्द गर्ने।

खाता नियन्त्रणः एउटै व्यक्तिले धेरै खाताहरू खोल्ने प्रक्रियामा रोक लगाउने।

गायब हुने सन्देशमा रोकः आफैं हराउने सन्देश तथा पोस्टहरूको सुविधा बन्द गर्ने।

यसैगरी, मेटामाथि १३ वर्षभन्दा कम उमेरका बालबालिकाको व्यक्तिगत विवरण उनीहरूका अभिभावकको अनुमतिबिना संकलन, भण्डारण र प्रयोग गरी ुबालबालिकाको अनलाइन गोपनीयता संरक्षण ऐनको गम्भीर उल्लंघन गरेको आरोप मेटा माथी लगाइएको थियो, जुन अब सच्चाइने दिशामा अघि बढेको छ।

Tags: अन्तराष्ट्रिय

Discussion about this post

Related Posts

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

महोत्तरीका १८ जना सम्पर्कविहीन, १ जना सम्पर्कमा

भोटेकोशी बाढीमा मधेशका १२६ जना बेपत्ता, सप्तरीबाट मात्रै ३० जना 

भोटेकोशी बाढीमा मधेशका १२६ जना बेपत्ता, सप्तरीबाट मात्रै ३० जना 

जनलोकपालले बुझाए वार्षिक प्रगति प्रतिवेदन विवरण

जनलोकपालले बुझाए वार्षिक प्रगति प्रतिवेदन विवरण

बाढीपीडितलाई एनआरएनएको पाँच करोड सहयोग, १ करोडको राहत वितरण, ४ करोड प्रधानमन्त्री उद्दार कोषमा

बाढीपीडितलाई एनआरएनएको पाँच करोड सहयोग, १ करोडको राहत वितरण, ४ करोड प्रधानमन्त्री उद्दार कोषमा

भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने

भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने

चिनियाँ राष्ट्रपतिकाे अध्यक्षतामा बैठक, नेपाललाई आपतकालीन सहायता दिने निर्णय

चिनियाँ राष्ट्रपतिकाे अध्यक्षतामा बैठक, नेपाललाई आपतकालीन सहायता दिने निर्णय

मधेशमा ७६ लेखा कर्मचारीको सरुवा, एउटै कार्यालयमा लामो समय बस्ने प्रवृत्तिमा अंकुश

मधेशमा ७६ लेखा कर्मचारीको सरुवा, एउटै कार्यालयमा लामो समय बस्ने प्रवृत्तिमा अंकुश

भोटेकोशी बाढी पीडितलाई सुदुरपश्चिम सरकारको २ करोड सहयोग

भोटेकोशी बाढी पीडितलाई सुदुरपश्चिम सरकारको २ करोड सहयोग

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा बाढी : रौतहटका १६ जना सम्पर्कविहीनमध्ये ६ जना भेटिए, प्रहरी हवलदारसहित १० जना अझै बेपत्ता

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि