nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १०, २०८३, ६:०७ मध्यान्ह
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

काठमाडौं/भदौं १० गते । तपाईंले प्रायः देख्नु वा अनुभव गर्नु भएको होला कि एउटै ठाउँमा बसेका मानिसहरूमध्ये लामखुट्टे वा मच्छरले कसैलाई बारम्बार टोक्छ भने छेउमै बसेको अर्को व्यक्तिलाई भने केही गर्दैन, यो केवल संयोग मात्र होइन।

वैज्ञानिकहरूका अनुसार, लामखुट्टेले सुरुमा टाढैबाट श्वासमार्फत बाहिर निस्कने कार्बन डाइअक्साइड पत्ता लगाउँछ र त्यसपछि शरीरको गन्ध, ताप तथा आर्द्रताजस्ता संकेतहरूको प्रयोग गर्दै आफ्नो लक्ष्यको नजिक पुग्ने गरेका कारण मच्छरको टोकाइमा फरक फरक अनुभव हुने गर्दछ ।

प्रत्येक व्यक्तिको शरीरको गन्ध विशिष्ट हुन्छ किनभने छालामा रहेका ब्याक्टेरियाले पसिना र शरीरबाट निस्कने अन्य पदार्थहरूलाई टुक्राउँदा यस्ता रसायनहरू उत्पादन हुन्छन् जसले लामखुट्टेलाई आकर्षित गर्छन्। सन् २०२२ को एक अध्ययनले पत्ता लगाएको थियो कि जसको छालाबाट निश्चित प्रकारका ‘कार्बोक्सिलिक एसिड’ बढी मात्रामा निस्कन्छ, उनीहरू ‘एडिस एजिप्टी’ जातका लामखुट्टेका लागि बढी आकर्षक हुन्छन् ।

साथै, हालैका अनुसन्धानहरूले शरीरको गन्ध र लामखुट्टेको रोजाइ बीचको सम्बन्ध पनि पुष्टि गरेका छन्। यसको अर्थ पक्कै पनि सरसफाइको कमीले गर्दा लामखुट्टेले बढी टोक्छ भन्ने होइन। यस्तो गन्ध माइक्रोबायोम अर्थात शरीरमा हुने सूक्ष्म जीवहरूको समूह वंशाणुगत गुण र शरीरका रासायनिक तत्वहरू जस्ता प्राकृतिक कारकहरूबाट उत्पन्न हुन्छ।

त्यसैगरी, यदि शरीर तातो छ वा अत्यधिक पसिना आइरहेको छ भने लामखुट्टेले शरीरलाई सजिलै पत्ता लगाउन सक्छ । यही कारणले गर्दा व्यायाम वा कडा शारीरिक परिश्रमपछि लामखुट्टेको टोकाइ बढी हुने गर्छ।

एउटा प्रचलित धारणा छ कि लामखुट्टेहरू ‘ओ’ समूहको रगत भएका मानिसहरूतर्फ बढी आकर्षित हुन्छन् र केही अध्ययनहरूले पनि यस्तो प्रवृत्ति देखाएका छन्। यद्यपि, वैज्ञानिकहरू यसलाई लामखुट्टेको टोकाइको मुख्य वा निश्चित कारण मान्दैनन् किनभने छालाको गन्ध, कार्बन डाइअक्साइडको उत्सर्जन र शरीरको तापक्रमजस्ता कारकहरूले यसमा धेरै ठूलो भूमिका खेलेको हुन्छ ।

त्यसैगरी, गर्भावस्थामा केही महिलाहरू लामखुट्टेका लागि बढी आकर्षक बन्न सक्छन्  । यसको कारण शरीरबाट निस्कने कार्बन डाइअक्साइडको मात्रामा हुने वृद्धि र शरीरको तापक्रममा आउने परिवर्तनजस्ता पक्षहरू हुन्। यद्यपि, यस्तो प्रभाव सबै प्रकारका लामखुट्टे वा हरेक परिस्थितिमा भने देखिँदैन।

‘मिठो रगत’ हुने भन्ने धारणाको चर्चा बारम्बार गरिए तापनि यसको कुनै वैज्ञानिक आधार छैन। वास्तवमा, कुनै निश्चित व्यक्तिलाई टोक्न छनौट गर्नु अघि लामखुट्टेले विभिन्न संकेतहरूको एकैसाथ मूल्याङ्कन गर्छन्।

लामखुट्टेबाट बच्न साँझ र रातको समयमा आफ्नो शरीर राम्ररी छोपिने गरी कपडा लगाउनु महत्त्वपूर्ण छ  । साथै, झ्याल र ढोकामा जाली जडान गर्नाले तिनलाई घरभित्र पस्नबाट रोक्न सकिन्छ। यसका अतिरिक्त घर वरिपरि पानी जम्न नदिनु होस् र आवश्यकता अनुसार लामखुट्टे भगाउने उपाय वा सामग्रीहरूको प्रयोग गर्नुहोस्।

एउटा रोचक तथ्य के पनि छ भने मानिसलाई पोथी लामखुट्टेले मात्र टोक्छकिनकि अण्डा उत्पादन गर्न तिनलाई रगतको आवश्यकता पर्छ जबकी भाले लामखुट्टे भने केवल बोटबिरुवाको रसमा निर्भर रहन्छन्।

Tags: जीवन शैली

Discussion about this post

Related Posts

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

नामी भिगो ई२को विशेष अफर सकियो, अब एमआरपीमै बुकिङ, मूल्य कति ?

नामी भिगो ई२को विशेष अफर सकियो, अब एमआरपीमै बुकिङ, मूल्य कति ?

तीन प्रदेशका नौ स्थानीय तहको फोहोरमैला व्यवस्थापन कानुन निर्माण

तीन प्रदेशका नौ स्थानीय तहको फोहोरमैला व्यवस्थापन कानुन निर्माण

सिमरावाट फेरि अर्की ११ बर्षिया बालिका हराईन, गरिमाको त्रास

सिमरावाट फेरि अर्की ११ बर्षिया बालिका हराईन, गरिमाको त्रास

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि