जनकपुरधाम/भदाै ९ गते। जनमत पार्टीले आगामी असोज ९ गतेदेखि आफ्नाे दोस्रो महाधिवेशन गर्ने तयारी अघि बढाएको छ।
महाधिवेशनकाे तयारी स्वरूप पार्टीको केन्द्रीय सचिवालय समितिकाे बसेकाे बैठकबाट वडा तथा पालिका अधिवेशनको विवरण संकलनदेखि सदस्यता नवीकरणसम्मका विभिन्न निर्णय गरेको छ।
पार्टीको बसेको केन्द्रीय सचिवालय समितिको बैठकले आगामी भदौ २१ गतेसम्म जनमत पार्टीका सम्पूर्ण वडा तथा पालिका अधिवेशन सम्पन्न गरि विवरण केन्द्रीय सचिवालयमा अनिवार्य रूपमा पठाइसक्नुपर्ने र भाद्र मसान्तसम्म सबै सदस्यतालाई क्रियाशील सदस्यता कायम गर्ने विवरण निर्णय गरेको छ।
पार्टीले महाधिवेशन प्रतिनिधि बन्न तथा महाधिवेशनमा उम्मेदवार हुन सदस्यता नवीकरण अनिवार्य हुनुपर्ने निर्णय गरिएकाे पार्टी सचिव अनिता कुमारी मण्डलले जनाएकाे छ ।
उनका अनुसार आवश्यक शुल्क बुझाएर सदस्यता नवीकरण गरेका सदस्यले मात्रै महाधिवेशन प्रतिनिधि बन्न तथा उम्मेदवारी दिन पाउने व्यवस्था गरिएको छ।
बैठकबाट पार्टीकाे भातृ संगठन स्वास्थ्यकर्मी जनमत संघको राष्ट्रिय संयोजकमा सिरहाका प्रदीप महतोलाई दिइएकाे जनाइएकाे छ ।
महाधिवेशनसम्बन्धी विषयमा थप छलफल तथा निर्णय गर्न भदौ २२ गते सोमबार केन्द्रीय सचिवालयको आगामी बैठक बोलाइएको उनले जानकारी दिएका छन् ।
उक्त बैठकमा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि पार्टीले आव्हान गरेको छ।
जनमत पार्टीको दोस्रो महाधिवेशन यसअघि चैत २० र २१ गते नै गर्ने तय भएपनि प्रतिनिधि सभाकाे निर्वाचनका कारण तयारी नपुगेपछि मिति सारेर असोज ९ र १० गतेका लागि निर्धारण गरिएको थियो।















Discussion about this post