nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा आयोजित मधेश मानव अधिकार सम्मेलनबाट १५ बुँदे घोषणापत्र जारी

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १२, २०८३, १:०३ मध्यान्ह
जनकपुरधाममा आयोजित मधेश मानव अधिकार सम्मेलनबाट १५ बुँदे घोषणापत्र जारी

जनकपुरधाम/असार १२ गते । मधेश प्रदेश मानव अधिकार सम्मेलनले दलित, महिला, बालबालिका, हरुवा–चरुवा, आदिवासी जनजाति, मुस्लिम, यौनिक तथा लैङ्गिक अल्पसंख्यकलगायत सीमान्तकृत समुदायका अधिकारको प्रभावकारी संरक्षण तथा कार्यान्वयनका लागि सरकारसँग १५ बुँदे घोषणा–पत्रमार्फत ठोस पहल गर्न माग गरेको छ।

इन्सेक, मुक्ति नेपाल, सबल नेपाल, रोयम नेपाल, एनएडब्लुएचआरडी, कायापलट, राष्ट्रिय दलित नेटवर्क र दलित जनकल्याण युवा क्लबको आयोजनामा तथा मानव अधिकार, लोकतन्त्र र सामाजिक न्यायका क्षेत्रमा कार्यरत विभिन्न साझेदार संस्थाको सहकार्यमा सोमबार जनकपुरधाममा सम्पन्न सम्मेलनले संविधान र अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी सन्धिहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएको हो।

सम्मेलनले संविधानले सबै प्रकारका जातीय विभेद र छुवाछुतलाई निषेध गरे पनि व्यवहारमा दलित तथा सीमान्तकृत समुदायमाथि विभेद, सामाजिक बहिष्करण, अन्तरजातीय विवाहमा झुटा मुद्दा लगाउने तथा हिरासतमा मृत्यु हुनेजस्ता गम्भीर मानव अधिकार उल्लङ्घनका घटना जारी रहेको भन्दै यस्ता घटनाको अन्त्यका लागि राज्यका सबै निकायले प्रभावकारी कदम चाल्नुपर्ने माग गरेको छ।

घोषणा–पत्रमा हालैका युवा (जेन्जी) आन्दोलनसँग सम्बन्धित राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी त्यसका सिफारिस कार्यान्वयन गर्न तथा शान्तिपूर्ण आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारसँग आग्रह गरिएको छ। नागरिकमाथि हुने अनावश्यक धरपकड र अधिकारको दुरुपयोग रोक्न तथा दोषीलाई कानुनी दायरामा ल्याउन पनि सम्मेलनले माग गरेको छ।

सम्मेलनले मधेशका आठवटै जिल्लामा मुक्त हरुवा–चरवाको तथ्याङ्क संकलन, प्रमाणीकरण र परिचयपत्र वितरणसम्बन्धी कार्यविधि तीन महिनाभित्र अन्तिम रूप दिएर कार्यान्वयन गर्न आग्रह गरेको छ। उनीहरूका लागि नागरिकता, स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, विद्यालय भर्ना, सम्मानजनक रोजगारी तथा छुट्टै बजेटसहित विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने माग पनि गरिएको छ। पुनर्स्थापना नहुँदासम्म जबरजस्ती विस्थापन रोक्न तथा भूमिहीन मुक्त हरुवा–चरवालाई लालपुर्जासहित बासयोग्य र कृषियोग्य जग्गा उपलब्ध गराउन पनि सरकारसँग आग्रह गरिएको छ।

बाल अधिकारका क्षेत्रमा सम्मेलनले बालविवाह, बालश्रम र बाल हिंसालाई गम्भीर मानव अधिकार चुनौतीका रूपमा स्वीकार गरी प्रभावकारी कार्ययोजना लागू गर्न, प्रत्येक स्थानीय तहमा बाल अधिकार समिति, बाल कल्याण अधिकारी र बाल संरक्षण कोष अनिवार्य गर्न तथा बालमैत्री बजेट प्रणाली कार्यान्वयन गर्न माग गरेको छ। बालबालिकाको मानसिक स्वास्थ्य, साइबर सुरक्षा, डुबेर हुने बाल मृत्यु न्यूनीकरण तथा स्थानीय योजना निर्माणमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न पनि जोड दिइएको छ।

घोषणा–पत्रमा मधेशमा विद्यमान बालविवाह, दाइजो, कथित बोक्सी प्रथा, घुम्टो प्रथाजस्ता हानिकारक अभ्यास अन्त्य गर्न विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन तथा आवश्यक नयाँ नीति र कानुन निर्माण गर्नुपर्ने उल्लेख छ। महिला तथा बालबालिकामाथि हुने हिंसा, मानव बेचबिखन र यौनजन्य हिंसा रोक्न पीडितमैत्री न्याय प्रणाली, सुरक्षित आश्रयस्थल, पुनर्स्थापना सेवा र पर्याप्त बजेट सुनिश्चित गर्न पनि माग गरिएको छ।

सम्मेलनले महिला, किशोरी र युवामा बढ्दो मानसिक स्वास्थ्य समस्यालाई सार्वजनिक स्वास्थ्य तथा मानव अधिकारको विषयका रूपमा सम्बोधन गर्दै स्थानीय तहसम्म सहज मनोसामाजिक परामर्श सेवा विस्तार गर्न तथा आत्महत्या रोकथामका लागि समन्वित नीति लागू गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

युवाको नेतृत्व विकास, निर्णय प्रक्रियामा सहभागिता, शिक्षा, सीप, सम्मानजनक रोजगारी, उद्यमशीलता, डिजिटल सहभागिता र मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी युवामैत्री नीति तथा बजेट व्यवस्था गर्न पनि सम्मेलनले सरकारसँग आग्रह गरेको छ।

जलवायु न्याय, वातावरण संरक्षण, स्वच्छ ऊर्जा प्रवर्द्धन, विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनबाट प्रभावित समुदायको अधिकार सुनिश्चित गर्न प्रभावकारी नीति कार्यान्वयन गर्नुपर्ने घोषणा–पत्रमा उल्लेख छ। साथै वातावरणीय निर्णय प्रक्रियामा नागरिक र युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न पनि जोड दिइएको छ।

सम्मेलनले धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्न, धार्मिक आधारमा हुने विभेद अन्त्य गर्न तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र सार्वजनिक सेवामा समान पहुँच सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

त्यसैगरी, आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति, प्राकृतिक स्रोतमा पहुँच तथा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) महासन्धि नं. १६९ को प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था तत्काल लागू गर्न सम्मेलनले जोडदार माग गरेको छ।

सम्मेलनमा सहभागी नागरिक समाज, महिला मानव अधिकार रक्षक, वातावरण तथा मानव अधिकार रक्षक, अपाङ्गता भएका व्यक्ति, सञ्चारकर्मी, युवा, महिला, बालबालिका तथा अन्य सरोकारवालाले मानव अधिकारको संरक्षण, प्रवर्द्धन र प्रभावकारी कार्यान्वयनप्रति साझा प्रतिबद्धता जनाउँदै घोषणा–पत्र जारी गरेका हुन्।

 

Tags: मधेश प्रदेश खबर

Discussion about this post

Related Posts

सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सिरहामा प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सिरहामा प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

लियो डिस्ट्रिक्ट ३२५ एफ नेपालको बोर्ड स्कुलिङ्ग र पीभीएसटीएम ट्रेनिङ सम्पन्न

लियो डिस्ट्रिक्ट ३२५ एफ नेपालको बोर्ड स्कुलिङ्ग र पीभीएसटीएम ट्रेनिङ सम्पन्न

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

‘ओ माइ डग’ को रिलिज मिति परिवर्तन

‘ओ माइ डग’ को रिलिज मिति परिवर्तन

नेप्से सीईओका लागि खुल्यो आवेदन, १५ दिनभित्र दरखास्त दिनुपर्ने

नेप्से सीईओका लागि खुल्यो आवेदन, १५ दिनभित्र दरखास्त दिनुपर्ने

पञ्चकन्या माई हाइड्रोपावरका १०.६४ लाखभन्दा बढी शेयर बिक्री गरिने

पञ्चकन्या माई हाइड्रोपावरका १०.६४ लाखभन्दा बढी शेयर बिक्री गरिने

प्रोग्रेशिभ फाइनान्सको २.१८ लाख संस्थापक सेयर बिक्रीमा

प्रोग्रेशिभ फाइनान्सको २.१८ लाख संस्थापक सेयर बिक्रीमा

हलिउडमा भन्दा पहिला नेपालमा प्रदर्शन हुनेछ स्पाइडर म्यानः४

हलिउडमा भन्दा पहिला नेपालमा प्रदर्शन हुनेछ स्पाइडर म्यानः४

माछामा भेटियो दुर्लभ क्यान्सर, त्यो पनि सर्ने खालको, बैज्ञानिक नै चकित

माछामा भेटियो दुर्लभ क्यान्सर, त्यो पनि सर्ने खालको, बैज्ञानिक नै चकित

फिफा अध्यक्षको आरोपः विश्वकपका बारेमा आलोचकहरूले घृणा फैलाए

फिफा अध्यक्षको आरोपः विश्वकपका बारेमा आलोचकहरूले घृणा फैलाए

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!