जनकपुरधाम/साउन ८ गते। जेसिआई जनकपुरधामले श्री राम युवा कमिटीका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत तथा सम्मान गरेको छ।
शुक्रबार जनकपुरधामको कदमचोकस्थित जेसिआई जनकपुरधामको सचिवालयमा आयोजित एक कार्यक्रमका बीच कमिटीका नवनिर्वाचित अध्यक्षसहित सम्पूर्ण पदाधिकारीलाई सम्मान गरिएको हो।
कार्यक्रममा जेसिआई जनकपुरधामका बोर्ड पदाधिकारीहरू तथा श्री राम युवा कमिटीका नवनिर्वाचित पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सम्मान कार्यक्रममार्फत दुवै संस्थाबीच आपसी सहकार्य, नेतृत्व विकास तथा सामाजिक सेवाका क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। कार्यक्रमको सञ्चालन जेसीआई जनकपुरधामको महासचिव मनोहर ठाकुरले गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै श्री राम युवा कमिटीका नवनिर्वाचित अध्यक्ष विजय साहले आफू र आफ्नो टिमलाई गरेको स्वागत तथा सम्मानप्रति जेसिआई जनकपुरधामप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सामाजिक, धार्मिक तथा युवामुखी गतिविधिमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी जेसिआई जनकपुरधाम वर्ष २०२६ का अध्यक्ष भवेश झाले नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै युवाहरूबीच नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व तथा सेवाभावको विकासमा यस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण रहने बताए। उनले जेसिआई जनकपुरधाम सधैं युवासँग सहकार्य गर्दै समाज रूपान्तरणका अभियानमा सक्रिय रहने विश्वास व्यक्त गरे।















Discussion about this post