काठमाडौं/साउन ७ गते। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिस २०२६ मा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।
इस्लामावादमा जारी बुधबार आफ्नो पहिलो खेलमा काजकिस्तानसँग ३–२ को सेटमा पराजित भएको नेपाल बिहीबार श्रीलंकासँग पनि पराजित भएको हो ।
लियाकत व्यायामशाला, पाकिस्तानमा हालै सम्पन्न खेलमा नेपाललाई पराजित गर्दै श्रीलंका २५–१८, २१–२५, १९–२५, २५–२१, १५–२० ले विजयी भएको हो ।
आफ्नो तेस्रो खेलमा नेपालले शुक्रबार आयोजक पाकिस्तानसँग खेल्नेछ । त्यसपछि नेपालले आइतबर बंगलादेश र सोमबार पहिलो चरणको अन्तिम खेलमा उज्वेकिस्तानको सामना गर्नेछ ।















Discussion about this post