nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेशमा ट्राफिक प्रहरीद्वारा झण्डै १३ करोड राजश्व संकलन

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ६, २०८३, २:४२ मध्यान्ह
मधेशमा ट्राफिक प्रहरीद्वारा झण्डै १३ करोड राजश्व संकलन

सञ्जय मिश्रा/रौतहट/साउन ६ गते। मधेश प्रदेशमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि व्यापक कारबाही गर्दै एक आर्थिक वर्षमा झण्डै १३ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

ट्राफिक प्रहरीको यही कडाइ, निरन्तर सचेतना अभियान र प्रभावकारी निगरानीका कारण सवारी दुर्घटनाको संख्या बढे पनि दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या भने घटेको देखिएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख एसपी ज्ञानेन्द्र बहादुर बस्नेतका अनुसार आर्थिक वर्ष २०८२र८३ मा ट्राफिक नियम उल्लंघन गर्ने १ लाख १० हजार ७५५ सवारीसाधनमाथि कारबाही गर्दा ११ करोड १५ लाख ६५ हजार २१० रुपैयाँ राजस्व संकलन भएको छ। यस्तै, यातायात व्यवस्था कार्यालयमार्फत ८४८ ओभरलोड सवारीसाधन कारबाहीमा पर्दा थप १ करोड ५४ लाख ४९ हजार २५७ रुपैयाँ राजस्व उठेको छ।

जिल्लागत रूपमा पर्सामा सबैभन्दा धेरै १३ हजार ७८९ सवारीसाधन कारबाहीमा परेका छन्। त्यसबाट १ करोड ६१ लाख ७१ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको छ। त्यसैगरी महोत्तरीमा १ करोड ४९ लाख ३० हजार ५०२ रुपैयाँ, बारामा १ करोड ३२ लाख ७९ हजार ५१ रुपैयाँ, रौतहट र सर्लाहीमा समान १ करोड १७ लाख ५२ हजार ५०२ रुपैयाँ, सिरहामा १ करोड १४ लाख ५६ हजार रुपैयाँ, धनुषामा १ करोड ११ लाख ३४ हजार ५० रुपैयाँ तथा सप्तरीमा ५४ लाख १४ हजार ५५१ रुपैयाँ राजस्व उठेको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले मात्रै १ करोड ७२ लाख ८२ हजार ५३ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

यही अवधिमा प्रदेशभर ११ हजार ४१६ सवारी दुर्घटना भएका छन्, जसमा ५३४ जनाको मृत्यु भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा ७ हजार ४४३ दुर्घटनामा ५६४ जनाले ज्यान गुमाएका थिए। अर्थात् दुर्घटना उल्लेख्य रूपमा बढे पनि मृतकको संख्या ३० ले घटेको छ।

प्रदेश ट्राफिक प्रहरीका प्रवक्ता डीएसपी नवराज न्यौपानेका अनुसार दुर्घटनामा सबैभन्दा बढी ७ हजार ८५१ मोटरसाइकल परेका छन्। मोटरसाइकलको अत्यधिक प्रयोग, तीव्र गति, ट्राफिक नियम उल्लंघन, हेल्मेट प्रयोगमा लापरवाही, जोखिमपूर्ण ओभरटेक, अनुभवहीन चालक, मोबाइल चलाउँदै सवारी चलाउने बानी, मदिरा सेवनपछि सवारी चलाउने प्रवृत्ति तथा वर्षायाममा चिप्लो सडक दुर्घटनाका मुख्य कारण हुन्।

आर्थिक वर्षभर प्रदेशका विभिन्न स्थानमा २६ हजार ८८३ ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो, जसमा १४ लाख २४ हजार ८४४ जनाको सहभागिता रहेको थियो। ट्राफिक प्रहरीका अनुसार नियमको कडाइका साथ कार्यान्वयन, व्यापक जनचेतना र नियमित निगरानीकै कारण दुर्घटनाको जोखिम न्यूनीकरणसँगै मृत्युदर घटाउन सकारात्मक उपलब्धि हासिल भएको हो।

Tags: मधेश प्रदेश

Discussion about this post

Related Posts

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

सलमान खानको सुरक्षामा खटिएका प्रहरी अधिकृतको मृत्यु

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारद्वारा २ लाख राहत, नयाँ घर बनाइदिने घोषणा

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि