काठमाडौँ/असार ३२ गते । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले १० हजार ९१३ कित्ता संस्थापक समूहको सेयर बिक्रीका लागि खुला गरेको छ। कम्पनीले पहिलो चरणमा विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै सेयर खरिदका लागि आवेदन आह्वान गरेको हो।
संस्थाका अनुसार हाल बिक्रीमा राखिएको सेयर खरिद गर्न संस्थाकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्नुपर्नेछ।
आवेदन काभ्रेपलाञ्चोकको बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। तोकिएको समयसीमाभित्र प्राप्त आवेदनका आधारमा सेयर बिक्री प्रक्रिया अगाडि बढाइने संस्थाले जनाएको छ।
यदि निर्धारित ३५ दिनभित्र विद्यमान संस्थापक सेयरधनीबाट कुनै आवेदन प्राप्त नभएमा उक्त सेयर अन्य योग्य व्यक्ति वा संस्थाका लागि बिक्री खुला गरिने संस्थाले स्पष्ट पारेको छ। यसले संस्थापक समूहको सेयरमा लगानी गर्न इच्छुक अन्य लगानीकर्तालाई पनि अवसर प्रदान गर्नेछ। संस्थाले इच्छुक सेयरधनीलाई समयसीमाभित्र आवेदन दिएर बिक्री प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।















Discussion about this post