महोत्तरी/असार २० गते। मिडिया काउन्सिल मधेश प्रदेशद्वारा आयोजित ‘पत्रकार महिलाहरूको समस्या पहिचान तथा समाधानका उपाय खोजी सम्बन्धी गोष्ठी’ शुक्रबार महोत्तरीको बर्दिवासमा सम्पन्न भएको छ।
गोष्ठीमा मधेश प्रदेशका आठवटै जिल्लाबाट सक्रिय महिला पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पत्रकार रामकला खडका र मनिका झाले सहजीकरण गरेका थिए।
गोष्ठीका क्रममा सहभागी महिला पत्रकारहरूले पत्रकारिता पेशामा कार्यसम्पादनका क्रममा भोग्नुपरेका विभिन्न समस्या, चुनौती तथा तिनका सम्भावित समाधानका उपायबारे खुला रूपमा आफ्ना अनुभव र धारणा राखेका थिए। उनीहरूले सुरक्षित कार्य वातावरण, समान अवसर, क्षमता अभिवृद्धि, पेशागत सुरक्षा तथा नेतृत्व तहमा महिला सहभागिता बढाउन आवश्यक नीति तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए।
मिडिया काउन्सिल मधेश प्रदेशले महिला पत्रकारहरूको वास्तविक समस्या पहिचान गरी समाधानका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै आवश्यक पहल गर्ने उद्देश्यले गोष्ठी आयोजना गरेको जनाएको छ।





















Discussion about this post