nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वैकल्पिक व्यवस्था बिना बजार खाली गराउन खोजिएपछि फलफूल तथा तरकारी व्यवसायी आन्दोलित

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ १९, २०८३, २:३४ मध्यान्ह
वैकल्पिक व्यवस्था बिना बजार खाली गराउन खोजिएपछि फलफूल तथा तरकारी व्यवसायी आन्दोलित

गिरिजानन्द साह/धनुषा/जेठ १९ गते। जनकपुरको जिरोमाइलस्थित फलफूल तथा तरकारी बजार खाली गराउने प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै जनकपुर फलफूल तथा तरकारी व्यवसायी संघले आन्दोलनमा उत्रिन बाध्य भएको जनाएको छ।

संघले मंगलबार पत्रकार सम्मेलन गरेर पुनरावेदन अदालत जनकपुरको आदेशअनुसार जिरोमाइलस्थित फलफूल बजार खाली गर्ने प्रक्रियालाई सम्मानपूर्वक स्वीकार गरेको र सोहीअनुसार थोक फलफूल व्यवसायीहरू स्वस्फूर्त रूपमा बजार खाली गर्न तयार रहेको जानकारी दिएको छ।

तर, सम्बन्धित सरकारी निकायहरूले व्यवसायीहरूका लागि कुनै वैकल्पिक व्यवस्था नगरेको अवस्थामा आफ्नो व्यापार तथा रोजगारी त्यागेर बजार खाली गर्नुपरेको संघको महासचिव भुवनेश्वर पुर्वेले गुनासो गरेको छ। उनका अनुसार पटक–पटक जिल्ला प्रशासन कार्यालय, जनकपुरधाम उपमहानगरपालिका, प्रहरी प्रशासन, जनप्रतिनिधि तथा अन्य सरोकारवाला निकायसँग सुरक्षित स्थानान्तरण, उचित समय र अनुकूल वातावरणको माग गरिएको थियो।

पत्रकार सम्मेलनमा कानुनी प्रक्रिया तथा आवश्यक औपचारिक जानकारी नदिई डोजर प्रयोग गरी व्यवसायीहरूले निर्माण गरेका टहरा तथा संरचनाहरू भत्काउने प्रयास गरिएको आरोप लगाइएको छ। यस्तो व्यवहारका कारण व्यवसायीहरू आन्दोलनमा उत्रिन बाध्य भएको संघले जनाएको छ।

संघले फलफूल तथा तरकारी व्यवसाय कृषि क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको सेवा तथा वितरण क्षेत्र भएकाले यसलाई नेपाल सरकार, मधेश प्रदेश सरकार तथा स्थानीय सरकारको प्राथमिकतामा राखिनुपर्ने पत्रकार सम्मेलनमा जानकारी गराएको छ । तर, व्यवसायीहरूका लागि कुनै सरकारी बजार वा वैकल्पिक व्यवस्थापन नहुँदा उनीहरू लामो समयदेखि समस्यामा रहेको महासचिव पुर्वेले बताए ।

उनका अनुसार यस व्यवसायबाट प्रत्यक्ष रूपमा करिब २७० जना रोजगारीमा आबद्ध छन् भने अप्रत्यक्ष रूपमा हजारौं परिवारको जीविकोपार्जन जोडिएको छ। त्यसैले बजारको सुरक्षित व्यवस्थापन, उचित स्थानान्तरण तथा दीर्घकालीन प्रवर्द्धनका लागि आवश्यक पहल गर्न संघले सरकार, जनप्रतिनिधि, नागरिक समाज तथा सञ्चारमाध्यमसँग आग्रह गरेको छ।

पत्रकार सम्मेलनमा संघका व्यवसायीहरूको समस्या समाधान गरी वैकल्पिक व्यवस्थासहित स्थानान्तरण प्रक्रिया अघि बढाउन सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइएको छ।

 

 

 

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

महोत्तरीमा झुण्डिएको अवस्थामा भेटिएका युवक कपिल दासको हत्या गरिएको परिवारजनको आरोप

महोत्तरीमा झुण्डिएको अवस्थामा भेटिएका युवक कपिल दासको हत्या गरिएको परिवारजनको आरोप

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!