nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महिलाको आर्थिक सशक्तिकरणका लागि जनकपुरधाममा वित्तीय साक्षरता तालिम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १५, २०८३, ९:१८ मध्यान्ह
महिलाको आर्थिक सशक्तिकरणका लागि जनकपुरधाममा वित्तीय साक्षरता तालिम सम्पन्न

गिरिजानन्द साह/धनुषा/जेठ १५ गते । महिलाहरूको आर्थिक सशक्तिकरण तथा आत्मनिर्भरता अभिवृद्धि तथा वित्तीय व्यवस्थापन सम्बन्धी ज्ञान विस्तार गर्ने उद्देश्यले जनकपुरधाममा वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ।

डाइनामिक पब्लिक लाइब्रेरी जनकपुरधाम र लियो क्लब अफ जनकपुरधाम क्यापिटलको संयुक्त आयोजनामा सम्पन्न तालिम जनकपुरधाम उपमहानगरपालिका–१६ स्थित कपिलेश्वर नाथ सेवा समितिको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रमको अध्यक्षता डाइनामिक पब्लिक लाइब्रेरी जनकपुरधामका अध्यक्ष मनोज कुमार साहले गरेका थिए भने प्रमुख अतिथिका रूपमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१६ का वडा अध्यक्ष रामचन्द्र पजियारको उपस्थिति रहेको थियो। कार्यक्रममा तेली कल्याण समाजका अध्यक्ष बिगुल साह, जसपा नेपालका क्षेत्रीय सभापति सुमित शाह, वरिष्ठ उपाध्यक्ष मनोहर ठाकुर, अमरेन्द्र साह,प्रशिक्षक मेघा शाह, सह–प्रशिक्षक पूजा गुप्ता लगायत विभिन्न क्षेत्रका व्यक्तित्व तथा स्थानीय महिलाहरूको सहभागिता रहेको थियो।

तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि रामचन्द्र पजियारले महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन वित्तीय साक्षरता अत्यन्त आवश्यक रहेको बताए। उनले घरायसी खर्च व्यवस्थापनदेखि बचत, लगानी तथा साना उद्यम सञ्चालनसम्मका विषयमा ज्ञान हासिल गरे महिलाहरू आत्मनिर्भर बन्न सक्ने धारणा व्यक्त गरे। साथै उनले स्थानीय तहले महिलाको क्षमता विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।

तेली कल्याण समाजका अध्यक्ष बिगुल साहले वर्तमान समयमा महिलाहरूले आर्थिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै वित्तीय ज्ञानले उनीहरूको आत्मविश्वास अझ बढाउने बताए। उनले महिलाहरूले आफ्नो आय–व्ययको सही व्यवस्थापन गर्न सके परिवार तथा समाजको आर्थिक अवस्था समेत सुदृढ बन्ने धारणा राखे।

कार्यक्रमका अध्यक्ष मनोज कुमार साहले महिलाको सशक्तिकरण बिना समाजको समग्र विकास सम्भव नरहेको उल्लेख गरे। उनले डाइनामिक पब्लिक लाइब्रेरीले शिक्षा, चेतना तथा क्षमता अभिवृद्धिका कार्यक्रममार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ निरन्तर काम गर्दै आएको जानकारी दिए।

तालिममा प्रशिक्षक मेघा शाहले व्यक्तिगत वित्त व्यवस्थापन, बचत गर्ने तरिका, बैंकिङ सेवा उपयोग, डिजिटल कारोबार, लगानी योजना तथा आर्थिक अनुशासन सम्बन्धी विषयमा सहजीकरण गरेकी थिइन्। सह–प्रशिक्षक पूजा गुप्ताले व्यवहारिक उदाहरणमार्फत महिलाहरूलाई दैनिक जीवनमा वित्तीय योजनाको महत्वबारे जानकारी गराएकी थिइन्।

कार्यक्रममा सहभागी महिलाहरूले तालिम उपयोगी र व्यवहारिक रहेको प्रतिक्रिया दिएका थिए। उनीहरूले तालिमबाट सिकेका विषयलाई व्यक्तिगत तथा पारिवारिक जीवनमा प्रयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

आयोजक संस्थाले आगामी दिनमा पनि महिलाहरूको क्षमता विकास, नेतृत्व अभिवृद्धि तथा सामाजिक सचेतना सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!