nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषामा विभिन्न कार्यक्रम गरी १९ औँ गणतन्त्र दिवस मनाइयो

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ १५, २०८३, २:२१ मध्यान्ह
धनुषामा विभिन्न कार्यक्रम गरी १९ औँ गणतन्त्र दिवस मनाइयो

धनुषा/जेठ १९ गते। १९ औँ गणतन्त्र दिवस जनकपुरधाममा शुक्रबार विभिन्न रचनात्मक कार्यक्रमहरू गरेर मनाइएको छ।

मधेस प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा गठित प्रदेश स्तरीय गणतन्त्र दिवस मूल समारोह समितिको आह्वानमा शुक्रबार बिहान मधेस भवन परिसरभित्र रहेका विभिन्न मन्त्रालयहरूमा विशेष सरसफाइ कार्यक्रम आयोजना गरिएको छ। यसैगरी, मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अगुवाइमा प्रदेशका आठवटै जिल्लामा बृहत् रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ।

गठित समितिको कार्यतालिका अनुसार खेलकुद तथा समाजकल्याण मन्त्रालयको अगुवाइमा मानव सेवा आश्रमका आश्रितहरूलाई निःशुल्क भोजन गराइएको छ भने ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयद्वारा विभिन्न क्षेत्रमा सरसफाइ गरिएको मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ।

यता, जिल्ला गणतन्त्र दिवस मूल समारोह समिति धनुषाको आयोजनामा धनुषामा पनि भव्य रूपमा दिवस मनाइएको छ। जिल्ला समन्वय समिति धनुषाको सभाहलमा आयोजित विशेष कार्यक्रममा सहभागी वक्ताहरूले गणतन्त्रको असल अभ्यासले मात्र मुलुकमा दिगो शान्ति र आर्थिक समृद्धि स्थापना गर्न मद्दत पुग्नेमा जोड दिनुभयाे।

कार्यक्रममा बोल्नुहुँदै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले जनताको ठूलो सङ्घर्ष र बलिदानको जगमा स्थापना भएको गणतन्त्रले आम नागरिकलाई रैतीबाट देशको मालिक बनाउने काम गरेको बताउनुभयो। उहाँले गणतन्त्रको व्यावहारिक अभ्यासका क्रममा देखिएका कमीकमजोरीहरूलाई सच्याउँदै एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो।

जिल्ला समन्वय समिति धनुषाकी उपप्रमुख सङ्गीता देवी ठाकुरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्थानीय तहका प्रतिनिधि तथा विभिन्न सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी तीनवटै सुरक्षा अङ्गले झन्डोत्तोलन गर्दै सलामी अर्पण गरेका थिए।

 

 

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

महिलाको आर्थिक सशक्तिकरणका लागि जनकपुरधाममा वित्तीय साक्षरता तालिम सम्पन्न

महिलाको आर्थिक सशक्तिकरणका लागि जनकपुरधाममा वित्तीय साक्षरता तालिम सम्पन्न

मधेस सरकारको नीति तथा कार्यक्रम– कृषि, रोजगारी र सुशासन केन्द्रित

मधेस सरकारको नीति तथा कार्यक्रम– कृषि, रोजगारी र सुशासन केन्द्रित

पत्रकार महासंघ मधेश प्रदेशको आफ्नै भवनको शिलान्यास

पत्रकार महासंघ मधेश प्रदेशको आफ्नै भवनको शिलान्यास

मिडियाका लागि ३३ करोड रुपैयाँः श्रमजीवी पत्रकारको दुर्घटना बिमा निरन्तर

वैदेशिक मुद्राको पर्याप्त सञ्चितिलाई उपयोग गर्दै केही प्रतिशत रकम ‘सोभरेन वेल्थ फन्ड’ बनाइने

मिडियाका लागि ३३ करोड रुपैयाँः श्रमजीवी पत्रकारको दुर्घटना बिमा निरन्तर

मिडियाका लागि ३३ करोड रुपैयाँः श्रमजीवी पत्रकारको दुर्घटना बिमा निरन्तर

माइती नेपालको सूचनाका आधारमा भारतको कोलकाताबाट तीन नेपाली महिला तथा नाबालिकाको उद्धार

माइती नेपालको सूचनाका आधारमा भारतको कोलकाताबाट तीन नेपाली महिला तथा नाबालिकाको उद्धार

आइपिएल : दोस्रो क्वालिफायरमा आज गुजरात र राजस्थान भिड्दै

आइपिएल : दोस्रो क्वालिफायरमा आज गुजरात र राजस्थान भिड्दै

आज गणतन्त्र दिवस : देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै

आज गणतन्त्र दिवस : देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकताः राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकताः राष्ट्रपति पौडेल

लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्छः उपराष्ट्रपति

लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्छः उपराष्ट्रपति

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!