धनुषा/जेठ ३ गते । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवनराज आश्रितको ३३ औँ स्मृति दिवसको अवसरमा जनकपुरधाममा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
नेकपा एमाले धनुषा जिल्ला कमिटीको आयोजनामा भएको कार्यक्रममा दर्जनौँ व्यक्तिले रक्तदान गरेका छन् । एमाले धनुषाका जिल्ला सचिव दिपन ठाकुरले रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले रक्तदान मानव जीवनका लागि अत्यन्त महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै समाजमा अझै पनि यसप्रति पर्याप्त सकारात्मक सोच विकास हुन नसकेको बताए ।
रक्तदानप्रति जनचेतना फैलाउने उद्देश्यले समेत कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो । नेकपा एमाले धनुषाका अध्यक्ष भोला यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला तहका नेता–कार्यकर्ता, राष्ट्रिय युवा सङ्घ नेपाल तथा अनेरास्ववियुका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।




















Discussion about this post