nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपाल निवृत्त शिक्षक समाज धनुषाको दोस्रो अधिवेशन सम्पन्न, ८० वर्ष उमेर पुगेका शिक्षक

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २, २०८३, ९:२० मध्यान्ह
नेपाल निवृत्त शिक्षक समाज धनुषाको दोस्रो अधिवेशन सम्पन्न, ८० वर्ष उमेर पुगेका शिक्षक

गिरिजानन्द साह/धनुषा/जेठ २ गते । धनुषाको दोस्रो अधिवेशन शनिबार जनकपुरधाममा सम्पन्न भएको छ। अधिवेशन समाजका अध्यक्ष राधेशरण महतो को सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा समाजका केन्द्रीय उपाध्यक्ष दुर्गा दाहाल सहभागी रहेका थिए।

 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि दाहालले नेपाल निवृत्त शिक्षक समाजको स्थापना सेवा निवृत्त शिक्षकहरूको अधिकार संरक्षण तथा सरकारले उपलब्ध गराउने सेवा–सुविधा सुनिश्चित गराउने उद्देश्यले गरिएको बताए। उनले लामो समय शिक्षण पेशामा समर्पित शिक्षकहरूले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै राज्यले उनीहरूको सम्मान, स्वास्थ्य सुरक्षा तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

 

उनले सेवा निवृत्त भएपछि पनि शिक्षकहरूको अनुभव समाज र नयाँ पुस्ताका लागि उपयोगी हुने भएकाले उनीहरूलाई सामाजिक गतिविधिमा सक्रिय राख्न आवश्यक रहेको बताए। उनले शिक्षकहरूले आफ्नो जीवनको महत्वपूर्ण समय शिक्षा क्षेत्रमा खर्च गरेर समाज निर्माणमा पुर्‍याएको योगदानको उचित मूल्यांकन हुनुपर्ने धारणा राखे।

कार्यक्रमका विशिष्ट अतिथिका रूपमा रहेका समाजका केन्द्रीय सल्लाहकार चुडामणि देवकोटा ले सेवा निवृत्त शिक्षकहरूबीच एकता, सहकार्य र अनुभव आदानप्रदान आवश्यक रहेको बताए। उनले शिक्षकहरू केवल विद्यालयका पाठशालासम्म सीमित नभई समाज परिवर्तनका संवाहक भएको उल्लेख गरे।

त्यस्तै समाजका केन्द्रीय सदस्य रामशिष यादव ले सेवा निवृत्त शिक्षकहरूको सामाजिक सुरक्षाका विषयमा राज्य गम्भीर हुनुपर्नेमा जोड दिए। उनले पेन्सन, स्वास्थ्य उपचार, सामाजिक सम्मान तथा वृद्धावस्थामा आवश्यक सहुलियत उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

कार्यक्रममा अतिथिका रूपमा लाल बाबू हाथी, चुनी शरण यादव तथा दिवाकान्त झा लगायतको उपस्थिति रहेको थियो। वक्ताहरूले शिक्षक पेशालाई राष्ट्र निर्माणको आधारस्तम्भका रूपमा व्याख्या गर्दै सेवा निवृत्त शिक्षकहरूको सम्मान समाजको दायित्व भएको बताए।

उद्घाटन समारोहको सञ्चालन समाजका सचिव भगलु महतो ले गरेका थिए। उनले कार्यक्रमको उद्देश्य, समाजले हालसम्म गरेका गतिविधि तथा आगामी योजनाबारे जानकारी गराएका थिए।अधिवेशनमा ८० वर्ष उमेर पुगेका सेवा निवृत्त शिक्षकहरूको सम्मान गरिएको थियो। शिक्षा क्षेत्रमा दशकौंसम्म पुर्‍याएको योगदानको कदर गर्दै उनीहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। सम्मानित शिक्षकहरूले आफूहरूलाई गरिएको सम्मानले थप उत्साहित बनाएको प्रतिक्रिया दिएका थिए।

अधिवेशनमा सहभागी शिक्षकहरूले सेवा निवृत्त शिक्षकहरूबीच आत्मीयता बढाउनुका साथै आपसी सहयोग र सहकार्यलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए। अधिवेशनमा जिल्लाभरका सेवा निवृत्त शिक्षकहरूको सहभागिता रहेको थियो।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

पतिको दिर्घायुको कामना गर्दै मिथिलाञ्चचलमा बरसाइत (बट सावित्री) पर्व मनाइयो,यस्तो छ पौराणिक कथा

पतिको दिर्घायुको कामना गर्दै मिथिलाञ्चचलमा बरसाइत (बट सावित्री) पर्व मनाइयो,यस्तो छ पौराणिक कथा

गंगासागर आसपासका विस्थापित फुटपाथ व्यवसायीका जनकपुरधामका लागि ‘मिना बजार’ सञ्चालन

गंगासागर आसपासका विस्थापित फुटपाथ व्यवसायीका जनकपुरधामका लागि ‘मिना बजार’ सञ्चालन

जनकपुर साहित्य महोत्सवको सातौं संस्करण जनकपुरधाममा सुरु

जनकपुर साहित्य महोत्सवको सातौं संस्करण जनकपुरधाममा सुरु

विवाहको रात बिर्सेर पनि नगर्नु यस्ता पाँच गल्ती

दाजुसँग टिकाटालो, भाइसँग बिहे

“ट्री अफ द इयर नेपाल २०२६” प्रतियोगिताको लागि आवेदन खुला

“ट्री अफ द इयर नेपाल २०२६” प्रतियोगिताको लागि आवेदन खुला

मधेश प्रदेशलाई सुपोषित प्रदेश बनाउने ९ बुदे घोषणा सहित शिखरसम्मेलन सम्पन्न

मधेश प्रदेशलाई सुपोषित प्रदेश बनाउने ९ बुदे घोषणा सहित शिखरसम्मेलन सम्पन्न

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

सिरहाको लहान प्रादेशिक अस्पतालमा जनशक्ति अभावमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

सिरहाको लहान प्रादेशिक अस्पतालमा जनशक्ति अभावमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

सप्तरीमा महिला मृत अवस्थामा फेला

सप्तरीमा महिला मृत अवस्थामा फेला

राजर्षि जनक विश्वविद्यालय र रामजानकी रंगशालाको शिक्षा मन्त्री पोखरेलद्वारा अवलोकन

राजर्षि जनक विश्वविद्यालय र रामजानकी रंगशालाको शिक्षा मन्त्री पोखरेलद्वारा अवलोकन

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!