धनुषा/गिरिजानन्द साह/फागुन ७ गते। जनकपुरधाम जेसीजले आफ्नो बोर्डका पदाधिकारीहरुको नेत्वृव विकास गर्ने उद्वेश्यका साथ आज विहिबार लोम अफिसर ट्रेनिङ समपन्न गरेको छ ।
जनकपुरधाम जेसीजको सचिवालयमा सञ्चालन भएको उक्त तालिम जनकपुर जेसीज बर्ष १९९६ को अध्यक्ष जेसी रमेश कुमार साहको प्रमुख आतिथ्यमा भएको थियो भने बर्ष २०२१ को नेपाल जेसीजका रास्ट्रिय उपाध्यक्ष तथा जनकपुर जेसीज बर्ष २०२० को अध्यक्ष जेसि गौतम साह प्रमुख प्रशिक्षकको रुपमा रहनु भएको थियो ।
जेसीजको इतिहास, जेसीजका उद्वेश्य र जेसीजमा लागी सकेपछिका हरेक पदाधिकारीको कर्तव्य के कस्तो रहन्छ लगयतका विषयमा तालीममा जानकारी गराइएको थियो ।
उक्त तालीममा जनकपुर जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी भवेश झा लगायत जनकपुर जेसिज वर्ष २०२६ का सम्पूर्ण बोर्ड मेम्बर र बोर्डका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । लोम अफिसर ट्रेनिङको संयोजक जेसी रन्जित कुमार गुप्ता रहेका थिए भने कार्यक्रमको सञ्चालन जनकपुर जेसीज वर्ष २०२६ का महासचिव जेसी मनोहर ठाकुरले गरेको थियो ।

















Discussion about this post