nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वैष्णवी बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारण सभा सम्पन्न

गिरिजानन्द साह गिरिजानन्द साह
पुस २०, २०८२, ९:२९ बिहान
वैष्णवी बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारण सभा सम्पन्न

जनकपुरधाम/पौष १९ गते। वैष्णवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा जनकपुरधाममा सम्पन्न भएको छ। जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा शनिबार सम्पन्न साधारण सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था तथा भावी योजनाका विषयमा विस्तृत छलफल गरिएको थियो।

साधारण सभाका प्रमुख अतिथि समाजसेवी दिनेश शर्माले सहकारीको महत्वमाथि प्रकाश पार्दै आजका लागि होइन, भोलिका लागि बचत गर्नुपर्नेमा जोड दिनुभयो। “आजको सानो–सानो बचत नै भोलिको ठुलो सहारा हो,” भन्दै उहाँले बचत गर्ने संस्कार विकास गर्न आग्रह गर्नुभयो। सहकारीमार्फत सामूहिक भावना, सहकार्य र आपसी विश्वासको विकास हुने उल्लेख गर्दै सदस्यहरूले आफ्नो आर्थिक स्रोतको उचित व्यवस्थापन गर्न सक्नुपर्ने धारणा उहाँले राख्नुभयो। साथै, सहकारी संस्थाबाट सुलभ र सहज रूपमा ऋण उपलब्ध हुने भएकाले आर्थिक सशक्तीकरणमा यसको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत जयनाथ मण्डलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै पछिल्लो समय मुलुकमा देखिएको आर्थिक संकट र उतार–चढावका बाबजुद पनि संस्थाले सदस्यहरूलाई निरन्तर र प्रभावकारी सेवा दिन सफल भएको जानकारी दिनुभयो। दक्ष व्यवस्थापन र सेवामुखी कार्यशैलीका कारण सदस्य सेवामा कुनै अवरोध नआएको उहाँले उल्लेख गर्नुभयो।

उहाँले संस्थाले अत्याधुनिक प्रविधिमा आधारित कोर बैंकिङ सिस्टम, मोबाइल बैंकिङ तथा एसएमएस बैंकिङ सेवा सञ्चालनमा ल्याएर वित्तीय तथा गैरवित्तीय सेवालाई प्रभावकारी, गुणस्तरीय र सर्वसुलभ बनाएको जानकारी दिनुभयो। सो अवसरमा उहाँले संस्थाका पूर्व अध्यक्ष स्वर्गीय महेन्द्र मण्डलप्रति श्रद्धासुमन अर्पण गर्नुभएको थियो।

साधारण सभामा प्रस्तुत आय–व्यय विवरणअनुसार २०८०/०८१ आर्थिक वर्षमा संस्थाले ८९ लाख ६६ हजार ३ रुपैयाँ नाफा आर्जन गरेको थियो भने २०८१/०८२ आर्थिक वर्षमा नाफा उल्लेखनीय रूपमा वृद्धि भई २ करोड २२ लाख १४ हजार ११७ रुपैयाँ पुगेको छ। यसले संस्थाको आर्थिक अवस्था थप सुदृढ बन्दै गएको संकेत गरेको छ।

हाल वैष्णवी बचत तथा ऋण सहकारी संस्थाले चारवटा सेवा केन्द्रमार्फत सदस्यहरूलाई सेवा प्रदान गर्दै आएको छ। जनकपुरधामको भानु चौकमा मुख्य सेवा केन्द्र रहेको छ भने विदेह नगरपालिका तिनकौरी, धनुषाधाम नगरपालिका–३ स्थित धनुषाधाम र हंसपुर नगरपालिका–३ को बेल्ही चौकमा सेवा केन्द्र सञ्चालनमा रहेका छन्।

१६औँ वार्षिक साधारण सभामा केन्द्रीय पशुपन्छी तथा मत्स्य सहकारी संघकी उपाध्यक्ष विमला साह, ओम शान्ति साकोसका पूर्व अध्यक्ष राम शंकर पासवान, आस्था साकोस जनकपुरधामका प्रमुख कार्यकारी अधिकृत नवीन कुमार कर्ण, नेपाल पत्रकार महासंघ धनुषाका सह–सचिव अर्जुन मण्डल लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। साथै शेयरधनी सदस्य, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

साधारण सभाले संस्थाको आर्थिक प्रगति, सेवा विस्तार र प्रविधिमैत्री व्यवस्थापनप्रति सन्तोष व्यक्त गर्दै आगामी दिनमा सदस्य–केन्द्रित सेवा अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!