गिरिजानन्द साह/जनकपुरधाम/मंसिर १९ गते । जनकपुरधामको तप्सी चौकमा अत्याधुनिक फिटनेश सामग्रीसहित फ्रीडम फिटनेस जिम सेन्टरको शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। आधुनिक जीवनशैलीलाई स्वास्थ्यसंग जोड्ने उद्देश्यले स्थापना गरिएको जिम सेन्टरले स्थानीय युवादेखि स्वास्थ्यप्रेमी सबैलाई लक्षित गरेको छ।

फ्रीडम फिट्नेशका सञ्चालक अमित सिंहको छोरीको हातबाट रिवन काटेर औपचारिक रुपमा उदघाटन गरिएको छ। उद्घाटन समारोहमा बोल्दै जिमका सञ्चालक अमित सिंहले फ्रीडम फिटनेसलाई नवीनतम प्रविधियुक्त उपकरणहरू सहित सञ्चालनमा ल्याइएको जानकारी दिए। “स्वस्थ जीवनशैली हाम्रो प्रमुख लक्ष्य हो। यहाँ आउने सर्वसम्पूर्ण सदस्यले सुरक्षित, स्वच्छ र प्रेरणादायी वातावरणमा व्यायाम गर्न सकून् भन्ने हाम्रो प्राथमिकता छ,” सञ्चालक सिंहले बताए।
जिममा कार्डियो, स्ट्रेन्थ ट्रेनिङ, फंक्शनल वर्कआउट लगायत आवश्यक सबै प्रकारका फिटनेस उपकरणहरू उपलब्ध गराइएको छ। साथै प्रशिक्षित प्रशिक्षकहरूको नियमित मार्गदर्शन तथा व्यक्तिगत फिटनेस योजना (पर्सनल ट्रेनिङ)को सुविधासमेत रहने जिमले जनाएको छ।
स्वास्थ्य तथा फिटनेसप्रति बढ्दो चासोलाई मध्यनजर गर्दै सुरु गरिएको फ्रीडम फिटनेस जिम सेन्टर स्थानीय बासिन्दाका लागि नयाँ गन्तव्य बन्ने अपेक्षा गरिएको छ।














Discussion about this post