गिरिजानन्द साह/जनकपुरधाम/कार्तिक २१ गते। जनकपुर जेसीज–२०२५ को जेसीज सप्ताह अन्तर्गत तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न गरेको छ । युवाहरुको नेतृत्व तथा क्षमता बिकासमा सक्रिय जेसीजले यस बर्षपनि बिभिन्न कार्यक्रमका साथ सप्ताह अन्तर्गत कार्यक्रमहरु भईरहेको जेसिज सप्ताहको मुल संयोजक मनोहर ठाकुरले बताएको छ ।
जनकपुर जेसीजको आयोजनामा बुधबार देखि शुरु भएको जेसीज सप्ताह–२०२५ को तेस्रो दिन शुक्रबार स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न गरिएको हो । यस कार्यक्रमको प्रमुख अतिथि जसपाका मधेश प्रदेश सांसद मनिष सुमन द्वारा उद्घाटन गरिएको थियो । मुल संयोजक मनोहर ठाकुरले बताए अनुसार जेसिज सप्ताह २०२५ को चौथो दिन स्कुल लेभल डान्स प्रतियोगिता हुने रहेको छ।
स्कुल लेभल ओरेट्री कन्टेस्टमा विभिन्न स्कुलका कक्षा ९ र कक्षा १० का १८ जना विद्यार्थीहरु सहभागीता जनाएको थियो । कन्टेस्टमा सहभागीहरुले युवा र एकताको विषयमा ५ मिनेटको समयमा आफ्नो स्पिच प्रस्तुत गरेका थिए। विद्यार्थीहरु गरेको प्रस्तुतिकरणको आधारमा जजहरुले मार्किङग गरि प्रथम,द्वितीय र तृतीय छुट्याइएको छ। जसको परिणाम शुक्रवार हुने समापण कार्यक्रममा घोषणा गरि पुरस्कार प्रदान गरिने छ। कन्टेस्टमा सहभागीको जजिङग जेसि ई. प्रकाश चन्द्र साह,जेसि मनोज साह र रास्ट्रिय मुक्ति पार्टी नेपालका संजय चौधरी गरेका थिए।
आजको कार्यक्रममा प्रमुख अतिथि जसपाका मधेस प्रदेश सांसद मनिष सुमन रहनु भएको थियो भने नेपाल जेसिजको ५२ औ राष्ट्रिय महाधिवेशनको डाइरेक्टर तथा जेसिज बर्ष २०१६ का अध्यक्ष सुधीर पजियार, जेसि ई. प्रकाश चन्द्र साह, रास्ट्रिय मुक्ति पार्टी नेपालका संजय चौधरी जनकपुर जेसिज बर्ष २०२१ का अध्यक्ष मनोज साह, जनकपुर जेसिज बर्ष २०२५ का अध्यक्ष जेसि मुकेश साह,पुर्व अध्यक्ष जेसि गौतम साह,पुर्व अध्यक्ष जेसि नासिर अहमद,जेसिज सप्ताह २०२५ का मुल संयोजक जेसि मनोहर ठाकुर,जेसि प्रशान्त झा,जेसि दिपक यादव,जेसि भवेश झा,जेसि अमरेन्द्र साह,जेसि ओम प्रकाश साह,जेसि सुबोध ठाकुर,जेसि राजेश कुमार ठाकुर र जेसि विनय साह लगायत जनकपुर जेसिजका पदाधिकारी तथा सदस्यहरुको साथै विभिन्न स्कुलका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
















Discussion about this post