गिरिजानन्द साह/कार्तिक १९ गते। जनकपुर जेसिजले आजबाट जेसीज सप्ताह सुरु गरेको छ । जेसिज सप्ताह शुभारम्भ कार्यक्रम जनकपुर जेसिजका अध्यक्ष जेसी मुकेश साहको अध्यक्षता र जनकपुर जेसिजको पुर्व अध्यक्ष बिध्याकर प्रसाद साहको प्रमुख आतिथ्यमा कार्यक्रम शुभारम्भ गरिएको छ । जेसिज सप्ताहको समुदघाटन कार्यक्रमका प्रमुख अतिथि पुर्व अध्यक्ष बिध्याकर प्रसाद साहले गरेको थियो । 
बुधबार जेसीज सप्ताहको पहिलो दिन आज मानवसेवा आश्रममा फुड ग्रेन एन्ड डिनर डिस्ट्रिब्युसन कार्यक्रमको आयोजना गरिएको छ । जेसीज सप्ताहमा सात दिन सात कार्यक्रम हुने जनकपुर जेसिजका कार्यकारीनी उपाध्यक्ष तथा जेसिज सप्ताहको मुल आयोजक समितिमा अध्यक्ष मनोहर ठाकुरले बताए ।
युवाहरुको नेतृत्व क्षमता विकाससंगै हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको वर्ष २०२५ का अध्यक्ष मुकेश साहले बताए। सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन मानवसेवा आश्रम जनपुरधाममा खाद्यान्न वितरण तथा दिवाभोज ,दोस्रो दिन स्लो बाईक रेस,तेस्रो दिन स्कुल लेभल ओरेट्री कन्टेस्ट,चौथो स्कुल लेभल नृत्य प्रतियोगिता ,पाचै दिन स्टेसनरी डिस्ट्रिब्युसन र छैठौ दिन ड्रग एव्युजन लगायतका कार्यक्रम आयोजना गरि कार्तिक २९ गते शनिबार समापन कार्यक्रम गरिने जनकपुर जेसिसको बर्ष २०२५ को अध्यक्ष जेसि मुकेश साहले जानकारी दिए।
आजको कार्यक्रममा जनकपुर जेसिस बर्ष २०२५ का पदाधिकारीहरु,पुर्व अध्यक्षहरु लगायत मानवसेवा आश्रमका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।













Discussion about this post