जनकपुरधाम/कात्तिक १५ गते । सजिलो बचत तथा ऋण सहकारी संस्था लि. आफ्नो स्थापना भएको १२ औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा संस्थाले शुक्रबार जनकपुरधामको भानुचौकस्थित शाखा कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी १२ औं वार्षिकोत्सव मनाएको छ।
कार्यक्रममा सहकारीका पदाधिकारी, कर्मचारी, सदस्य तथा स्थानीय व्यवसायीहरूको उपस्थितिमा संस्थाको अहिलेसम्मको को प्रगति, आगामी योजना र सहकारीको भूमिकाबारे चर्चा गरिएको थियो।
कार्यक्रमका वक्ताहरूले सजिलो बचत तथा ऋण सहकारी संस्थाले आर्थिक सशक्तीकरण र सामूहिक विकासमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गरेका थिए।
सहकारी संस्थाका कार्यालय प्रमुख रामहृदय साहले संस्थाको सेवा विस्तार, सदस्य लाभ वृद्धि र डिजिटल प्रणालीमार्फत अझ सहज र पारदर्शी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रमको संस्थाको पदाधिकारी र कर्मचारीहरुलाई मायोको चिनो सहित सम्मान समेत गरिएको थियो।













Discussion about this post