गिरिजानन्द साह/जनकपुरधाम/असोज २१ गते । जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्याम प्रसाद साहले नयाँ व्यवसायिक पहलको रूपमा “कनक ज्वेलर्स” नामक सुन–चाँदीको पसल सञ्चालनमा ल्याएका छन्।
पसलको औपचारिक उद्घाटन असोज २१ गते एक विशेष समारोहका बीच गरिएको हो। जानकी मन्दिरदेखि जनक चौक जाने मार्गमा अवस्थित उक्त ज्वेलर्समा विभिन्न प्रकारका आधुनिक डिजाइनका सुन, चाँदीका गरगहना उपलब्ध हुने जनाइएको छ।
उद्घाटन कार्यक्रममा व्यवसायी, स्थानीय समाजसेवी, संघ–संस्थाका प्रतिनिधि तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। पूर्व अध्यक्ष साहले जनकपुरधामको व्यापारिक क्षेत्रलाई थप सशक्त बनाउन यो नयाँ पहलले योगदान पुर्याउने विश्वास व्यक्त गरे।
उनका अनुसार “कनक ज्वेलर्स” मा ग्राहकहरूको रुचि र विश्वासलाई प्राथमिकता दिइनेछ र गुणस्तरीय सेवा मार्फत स्थानीय बजारमा नयाँ पहिचान बनाउने लक्ष्य राखिएको छ।













Discussion about this post