nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अस्पतालपछि विद्यालयहरुको अनुगमन गर्दै मधेश प्रदेशको मुख्यमन्त्री सिंह

गिरिजानन्द साह गिरिजानन्द साह
बैशाख ३०, २०८२, ७:४८ मध्यान्ह
अस्पतालपछि विद्यालयहरुको अनुगमन गर्दै मधेश प्रदेशको मुख्यमन्त्री सिंह

जनकपुरधाम/वैशाख ३० गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अस्पतालहरुको अनुगमन पछि अब विद्यालयहरुको अनुगमन सुरु गरेका छन् । विद्यालय शिक्षा व्यवस्थापन गुणस्तरयुक्त र प्रभावकारी नभइरहेको गुनासो चुलिएका बेला मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले विद्यालय अनुगमन सुरु गरेका हो ।

मुख्यमन्त्री सिँहले मंगलबार बिहान धनुषाको हँसपुर नगरपालिकास्थित दुई विद्यालय अनुगमन गरी विद्यामान बेथिति तथा विसङ्ति औँल्याउँदै पालिका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक तथा शिक्षकहरूसँग समस्या समाधानका लागि विमर्श गरेका छन् । मुख्यमन्त्री सिँहले अनुगमनक्रममा हँसपुर नगरपालिका वडा नम्बर २ स्थित राष्ट्रिय प्राथमिक विद्यालय, बघचौडामा विद्यालयमा नामाङ्कन गराएका विद्यार्थीमध्ये कतिपय अन्य निजी विद्यालयमा अध्ययनरत रहेका तर तिनका नाउँबाट छात्रवृत्ति तथा खाजा सुविधा उपलब्ध गराइएको फेला पारेका छन् ।

विद्यार्थी सँख्याका आधारमा सामुदायिक विद्यालयलाई सरकारले केही सुविधा उपलब्ध गराउने हुँदा कागजमा विद्यार्थी सँख्या बढी देखिने तर वास्तविकता त्यस्तो नहुने समस्या मधेशका कयौँ विद्यालयमा रहँदै आएको छ । थोरै आयस्ता भएका अभिभावक समेतले आफ्ना बच्चालाई निजी विद्यालयमा पढाउने चलन, सामुदायिक विद्यालयमा शिक्षक अभाव र भएका शिक्षकको समेत नियमित नपढाउने प्रवृत्ति, अपूर्ण पूर्वाधार, शिक्षण तथा खेलकुद सामग्री व्यवस्थापन गर्न विद्यालय प्रशासनको कम चासोका कारण सामुदायिक विद्यालयमा विद्यार्थी भर्नामा कमी आएको छ । तर, विद्यालयमा विद्यार्थी सँख्या पर्याप्त रहेको देखाउन समेत निजी विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीको पुनर्नामाङ्कन गराउने गरिन्छ ।

शिक्षाविद् गुरु सुवेदीले नक्कली विद्यार्थी कायम गरेर विद्यालयले छात्रवृत्ति, खाजा लगायत विभिन्न छ—सातवटा शीर्षकमा सरकारबाट प्राप्त रकम कुम्ल्याउने दाउप्रपञ्च गरिरहेको दुर्भाग्यपूर्ण भएको बताए । उनले नक्कली विद्यार्थीको विवरण विद्यालय शिक्षा व्यवस्थापा सूचना प्रणालीमा राखेर रकम निकासा गराउनु सीधा भ्रष्टाचार भएको भन्दै त्यसमा संलग्न शिक्षक तथा कर्मचारीलाई भ्रष्टाचार मुद्दामा कारबाही गरिनुपर्ने उल्लेख गरे ।
नक्कली विद्यार्थी कायम हुँदा अगतिलो विद्यालयमा समेत पूर्वाधार विकास, थप शिक्षक दरबन्दी सहितको स्तरोन्नति आदिमा सघाउ पुग्ने गर्दछ । यसबाट सरकारको साधनस्रोत भने दुरुपयोग भइरहेको छ ।

मुख्यमन्त्री सिँहले नक्कली विद्यार्थी कायम गरेर सरकारी साधनस्रोतको दुरुपयोग गम्भीर विषय भएको भन्दै त्यसलाई नियन्त्रण तथा नियमन गर्न सम्बन्धित निकायमा पत्राचार गर्न अनुगमनमा सामेल प्रदेश शिक्षा निर्देशक महेन्द्र महतोलाई निर्देशन दिएका छन् । यसैगरी मुख्यमन्त्री सिँहले आजै हँसपुर नगरपालिका वडा नम्बर ८ झटियाहीस्थित श्री मिथिला तिलक नन्दकुमारी कार्की माध्यमिक विद्यालयको समेत अनुगमन गरेका छन् । अनुगमनक्रममा सो विद्यालयमा शौचालय नरहेको पाइएको छ ।

विद्यार्थीको अत्यधिक चाप रहने माध्यमिकस्तरको विद्यालयमा शौचालयजस्ता आधारभूत संरचना नहुनु दुःखद भएको भन्दै मुख्यमन्त्री सिँहले विद्यालयमा शौचालय व्यवस्थापनका लागि तत्काल पहल गर्न अनुगमनमा सँगै रहेका हँसपुर नगरपालिकाकी उपप्रमुख दुर्गीदेवी मण्डलको ध्यानाकर्षण गराए ।
हँसपुर नगरपालिकाकी उपप्रमुख मण्डलले सो विद्यालयमा शौचालय निर्माणका लागि रकम निकासा भइसकेको र यसै आर्थिक वर्षमा शौचालय निर्माण भइसक्ने जानकारी दिइन् ।

अनुगमन सुरु गर्नुभन्दा एक महिना अगाडि मधेश प्रदेशको शिक्षा तथा सँस्कृति मन्त्रालयले प्रदेशका १ सय ३६ वटा पालिकालाई पत्राचार गरी सामुदायिक विद्यालयको शिक्षण प्रणालीमा सुधार ल्याउन अत्यावश्यक सल्लाह दिएको थियो ।

 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर

असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर

आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि