जनकपुरधाम,चैत २९ गते । मधेश प्रदेश को देवभूमि धनुषाधाम रहेको एक मात्र जैविक विविधताको केन्द्र धनुषाधाम वनस्पति उद्यानमा २६ ओै वनस्पति दिवस उत्साह पुर्वक मनाएका छन। नेपाल सरकारका पुर्व वन तथा वातावरण राज्य मंत्री संघीय सांसद दीपक कार्कीले एक समारोहबीच २६ ओै वनस्पति दिवसको समुदघाटन गर्नुभयो ।
सो अवसरमा सम्बोधन गर्नेक्रममा प्रमुख जसपा,नेपालका केन्द्रीय उपमहासचिव समेत रहेका पुर्व राज्य मंत्री कार्कीले यस भेगको विकासका लागि धनुषाधाम को वनस्पति अनुसन्धान केन्द्र र संरक्षित जंगल को विकास हुनु आवश्यक रहेकोे कुरा बताउंनु भयो ।
सो अवसरमा जैविक विविधता ,वन तथा वनस्पति संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरि रहेका पर्यावरण योद्धा समाजवादी नेता प्रदेश सभा सदस्य रामअशिष यादव,वृक्ष मानव सुरेश शर्मा र मधेसी निजामती कर्मचारी मंचका नव निर्वाचित केन्द्रीय अध्यक्ष, कुशल वन अधिकृत लालबाबु यादव सहित सम्मान गरिएको छ।
वनस्पति अनुसन्धान केन्द्र धनुषाका प्रमुख वनस्पति वैज्ञानिक ताहिर हुसेनको अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा प्रदेश सरकार वन निर्देशक जगरनाथ जयसवाल,मत्स्य तथा पशुपंक्षि निर्देशक जागेश्वर यादव,वन विज्ञप्ति विनोद सिंह ,आर्युवेद ओैषधालयका प्रमुख डा एम के ठाकुर ,सहायक वन अधिकृत शंकर नारायण झा,नेकपा माओवादी केन्द्र का नेता दीपक यादव,एमाले का नेता योगकुमार यादव,जसपा,नेपालका नेतृ अम्बिका विश्वकर्मा ,जसपा,नेपाल का नगर अध्यक्ष विनोद यादव सहितका वक्ताहरूले वन वनस्पति को संरक्षण प्रबर्द्धन तथा विकास सम्बन्धमा विचार व्यक्त गरेका छन।
Discussion about this post