गिरिजानन्द साह/जनकपुरधाम/फागुन २६ गते। बिवाईडी (BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल भोलि फाल्गुन २७ गते मंगलबार बिहान १० बजे हुने भएको छ। फाइनल खेल मोनास्टिक स्कुल र मदर टेरेशा स्कुलबीच बारहबिघा मैदानमा हुनेछ।
न्यु भिजन नेपाल तथा जनकपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सम्पन्न भइरहेको यो प्रतियोगिताको समापन कार्यक्रम पनि सोही दिन १२:३० बजे हुने तय भएको छ। समापन समारोहमा जनकपुरधाम उप-महानगरपालिकाका नगर प्रमुख श्री मनोज कुमार साह र क्रिकेट एसोसियसन अफ नेपाल (CAN) का उपाध्यक्ष रोशन सिंह प्रमुख अतिथिका रूपमा उपस्थित रहनेछन्।
ट्रफी वितरण तथा समापन समारोहमा जनप्रतिनिधिहरु, विद्यालयका प्रतिनिधिहरू,संचारकर्मी तथा खेलप्रेमीहरूको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ। प्रतियोगिताले विद्यार्थी खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।














Discussion about this post