फागुन २२ गते। सन् २०१३ मा कीर्तिमानी चुम्बनले विश्वव्यापी ध्यान खिचेका थाई जोडी एक्काचाई र लक्साना तिरनारतले सम्बन्ध विच्छेदको घोषणा गरेका छन्। यो जोडीले एक पटक ५८ घण्टा ३५ मिनेट लामो चुम्बन गरेर मानिसहरूलाई चकित पारेका थिए।
यो जोडीले आफ्नो सम्बन्ध विच्छेदको घोषणा गर्दा उनीहरूका धेरै प्रशंसकहरू निराश भएका छन्। यद्यपि, उनीहरूले आफ्नो सम्बन्ध विच्छेदको कारण खुलाएका छैनन्।
‘हामी यो धेरै भारी मनले यो कुरा साझा गरिरहेका छौँ,’ एक्काचाईले पोडकास्टमा भने, ‘हाम्रो यात्रा धेरै सम्झनाहरूले भरिएका छन्, तर अब अलग दिशामा अघि बढ्ने समय आएको छ।’ अलग भए पनि उनीहरूले आफ्ना छोराछोरीलाई सँगै हुर्काउने निर्णय गरेका छन्।
यो जोडीले सबैभन्दा लामो चुम्बन गरेर १ लाख थाई भाट पुरस्कार पनि जितेका थिए साथै दुई हीराको औँठी पनि पाएका थिए। उनीहरूको रेकर्ड गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पनि दर्ता भएको छ।














Discussion about this post