गिरिजानन्द साह/जनकपुरधाम/फागुन २१ गते। जनकपुरधाममा बिवाईडी(BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मोनास्टिक स्कुल र एर्रे इन्टरनेशनल स्कुल विजय भएका छन ।
आजको पहिलो खेल मोनास्टिक स्कुल र राष्ट्रिय मा.वि. स्कुल बीच भएको थियो जसमा मोनास्टिक स्कुलले टस जितेर पहिला ब्याटिंग रोजेको थियो। मोनास्टिक स्कुलले ब्याटिङ गर्दै ६ विकेट गुमाएर १३७ रन बनाएको थियो।राष्ट्रिय मा.वि स्कुललाई जितको लागि १३८ रनको लक्ष्य दिएको थियो । मोनास्टिक स्कुलको टिमका लागि आयुष राज साहले सर्वाधिक ४३ रन र मयंक ठाकुरले ३५ रनको योगदान दिएको थियो । राष्ट्रिय मा.वि. स्कुलका लागि बलिङ्ग गर्दै पशुपतिले २ विकेट र महाशंकरले २ विकेट लिन सफल भएका थिए ।

खेलमा जवाफी ब्याटिङका लागि आएका राष्ट्रिय मा.वि. स्कुलका खेलाडीहरु सबै विकेट गुमाउदै ७९ रन मात्र बनाउन सफल भयो। राष्ट्रिय मा.वि. स्कुलका लागि राहुल पासवानले सर्वाधिक १४ रन र पशुपति ठाकुर ११ रनको योगदान दिएको थियो । मोनास्टिक स्कुलको लागि बलिङ गरेको प्रेम यादवले १६ रन खर्चेर ४ विकेट र नितेश यादवले ७ रन खर्चेर २ विकेट लिन सफल भएका थिए । यस खेलको म्यान अफ दि म्याच मोनास्टिक स्कुलको प्रेम यादव लाई प्रदान गरिएको थियो ।

त्यस्तै आजको दोस्रो खेल रा एर्रे इन्टरनेशनल स्कुल र जनकपुर पब्लिक स्कुल बीच भएको थियो। जसमा जनकपुर पब्लिक स्कुलले टस जितेर पहिला ब्याटिङको रोजेको थियो । पहिले ब्याटिङ गर्दै जनकपुर पब्लिक स्कुलका खेलाडीहरु सवै विकेटको गुमाउदै ७४ रनको योगफल तयार पारेको थियो । एर्रे इन्टरनेशनल स्कूललाई जितको लागि ७५ रनको लक्ष्य दिएको थियो । यस टिमका लागि अर्जुन महतोले सर्वाधिक २४ रनको योगदान दिएका थिए। जनकपुर पब्लिक स्कुलको लागि धिरेन्द्रले ३ विकेट र निलेशले २ विकेट लिन सफल भएको थियो । जवाफ ब्याटिङका लागि आएका एर्रे इन्टरनेशनल स्कुलले ५ विकेट गुमाउँदै ७५ रनको लक्ष्य पुरा गर्न सफल भएको थियो। यो खेलमा एर्रे इन्टरनेशनल स्कुलले ५ विकेटले जित हात पर्न सफल भयो । एर्रे इन्टरनेशनल स्कुलका लागि आकाश ठाकुरले २८ रन र निलेश रोयले नट आउट ९ रनको योगदान दिएको थियो । जनकपुर पब्लिक स्कुलका लागि आदित्य यादवले ३ विकेट र कारणले २ विकेट लिन सफल भएका थिए । खेलका म्यान अफ दि म्याच जनकपुर पब्लिक स्कुलका निलेश रोयलाई प्रदान गरिएको थियो ।

प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ। भोली पहिलो खेल मदर टेरेशा पब्लिक स्कुल र किड्डी कन्भेन्ट स्कुल बीच र दोस्रो खेल न्यु भिजन स्कुल र हिलामी स्कुल बीच हुने आयोजकले जानकारी दिएको छ ।



















Discussion about this post