nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेशमा कम साक्षरता दर चिन्ताजक छ : मुख्यमन्त्री सिँह

गिरिजानन्द साह गिरिजानन्द साह
माघ २०, २०८१, ६:१८ मध्यान्ह
मधेशमा कम साक्षरता दर चिन्ताजक छ : मुख्यमन्त्री सिँह

माघ २० गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले संयुक्त स्वरूपको सरकार टिकाउन नै ऊर्जा खर्च गर्नुपर्ने हुँदा मधेश प्रदेशमा तीव्रताका साथ बहुपक्षीय र बहुउद्देश्यीय काम अघि बढाउन ढिला भएको बताएका छन् । उनले सरकार टिकाउने कुरामा शक्ति केन्द्रित भइरहँदा पनि सरकारले विभिन्न क्षेत्रका लागि विनियोजित बजेट उपयोग हुने कुरामा अहिले जोडबल गरिरहेको जानकारी दिए ।

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ३ भक्तिपुरस्थित श्री सरस्वती माध्यमिक विद्यालयको ६० औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित हिरक महोत्सवमा मुख्यमन्त्री सिँहले देशमै शिक्षाको स्थिति कमजोर रहेका बेला मधेशमा गुणस्तरीय तथा विस्तारित शिक्षामा पहुँच बढाउने कार्य चुनौतीपूर्ण भएको बताए ।

उनले कुनै बेला मधेशका शिक्षालयबाट उत्पादित जनशक्तिले देशको डाडाकाँडा र कुनाकन्दरामा शिक्षाको ज्योति फैलाएको चर्चा गर्दै पछिल्लो समयमा मधेशकै शिक्षा अलमलमा परेको औंल्याए । उनले प्रदेश सरकारले आफ्नो जिम्मामा उच्चशिक्षा रहे तापनि सङ्घ र स्थानीय सरकारको कानुनी उत्तरदायित्वभित्र रहेको विद्यालय शिक्षामा सकरात्मक तथा सार्थक रूपान्तरणका लागि लगानीसहितको प्रयास गरिरहेको बताए ।

मुख्यमन्त्री सिंहले विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी निर्धारण तथा पूर्ति, विषयगत शिक्षकको उपलब्धता, मर्यादा र तलबमा वृद्धि, अतिरिक्त शिक्षकको व्यवस्थापन, भौतिक संरचना सुधार लगायतका अत्यावश्यक कामका लागि प्रदेश सरकारले वकालत गरिरहेको जानकारी दिए । उनले शिक्षालाई महत्त्वका साथ नहेरिए विकास कार्यले सार्थकता नपाउने भन्दै अहिलेकै अवस्थामा पनि विद्यालय शिक्षालाई प्रभावकारी बनाउन शिक्षकलाई समयमा विद्यालय पुग्न, पढाइपछि विद्यार्थीलाई गृहकार्य दिन र गृहकार्य हेर्न, अभिभावकलाई गृहकार्य गराउन र गरे वा नगरेको हेर्न सुझाए । ‘यसले विद्यार्थीमा लेखपढप्रति अभिरुचि बढ्छ । उनीहरूको सिकाइस्तरमा वृद्धि हुन्छ,’ मुख्यमन्त्री सिँहले भने ।

साक्षरता दर कम भएका देशका दस जिल्लामा मधेशका आठवटा रहेको तथ्याङ्क चिन्ताजनक रहेको भन्दै उनले गुणस्तरीय तथा प्रभावकारी शिक्षाको कुरा गर्ने बेलामा मधेश प्रदेश साक्षरता अभियानमा केन्द्रित बन्नुपर्ने स्थिति देखिएको बताए । उनले मधेश प्रदेश सरकार उपलब्धिमूलक हुनेगरी नयाँ ढङ्गले साक्षरता अभियानलाई प्रदेशमा अघि बढाएको जानकारी दिए । उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा नमुना विद्यालय स्थापना, छोरीकेन्द्रित छात्रवृत्ति योजना, आइटी पार्क निर्माण, विज्ञानप्रविधि मैत्री शिक्षण आदि कार्यान्वयन गरिरहेको बताए । मुख्यमन्त्री सिँहले विद्यालय शिक्षामा सुधारका लागि सङ्घ सरकारसँगै स्थानीय सरकारलाई गम्भीर चासो लिनसमेत आग्रह गरे ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाह एक हप्ताभित्रै संसद्‍मा आउने

प्रधानमन्त्री शाह एक हप्ताभित्रै संसद्‍मा आउने

व्यवसाय र मानव अधिकारबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न

व्यवसाय र मानव अधिकारबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!