जनकपुरधाम/माघ ११ गते। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ मा अवस्थित स्वस्तिक इङ्गलिश बोर्डिङ्ग स्कुलले आफ्नो १०औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। शिक्षा र अनुशासनका क्षेत्रमा योगदानलाई अझ बलियो बनाउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयका संस्थापक, अभिभावक, विद्यार्थी र विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो।
विद्यालयका संस्थापक के.डी. महतोको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्याब्सन धनुषाका अध्यक्ष नवल यादव प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नवल यादवले स्वस्तिक इङ्गलिश बोर्डिङ्ग स्कुलको शिक्षा क्षेत्रमा भएको प्रगतिको प्रशंसा गर्दै भविष्यमा अझ बढी योगदान गर्ने विश्वास व्यक्त गरे ।
यादवले विद्यालयका शिक्षकहरूको मेहनतले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माण गर्ने उल्लेख गर्दै गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिए । उनले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सामुदायिक विद्यालयहरूले पनि गुणस्तरमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए ।
यादवले भने, ‘शिक्षकहरूले दिने शिक्षाले नै विद्यार्थीहरूको भविष्य निर्माण गर्छ । त्यसैले गुणस्तरीय शिक्षामा ध्यान दिएर आगामी पुस्तालाई राम्रो नागरिक बनाउन हामी सबैले ध्यान दिनुपर्छ ।’ साथै, उनले सामुदायिक विद्यालयहरूलाई पनि निजी विद्यालयहरूसँग प्रतिस्पर्धी बन्नका लागि शिक्षाको स्तर सुधार्नुपर्ने सुझाए ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर उपस्थित अतिथि र अभिभावकहरूको मनोरञ्जन प्रदान गरे । विभिन्न नृत्य र गीतसंगीतको माध्यमबाट विद्यार्थीहरूले आफ्नो कला प्रदर्शन गरे । यस अवसरमा विद्यालयका उत्कृष्ट शिक्षक, कर्मचारी र अभिभावकलाई सम्मानित गर्दै उनीहरूको योगदानको कदर गरिएको थियो ।
विद्यालयका संस्थापक के.डि. महतोले स्कुलको स्थापना २०७१ सालमा भएको स्मरण गर्दै यस दशकमा विद्यालयले गरेको प्रगतिको चर्चा गरे । उनले भने, ‘हाम्रो मुख्य उद्देश्य विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु र उनीहरूको व्यक्तित्व विकासमा योगदान पुर्याउनु हो ।’ स्कुलका संस्थापक मध्येका एक सिमा पाण्डेले पनि विद्यालयलाई आजको सफलताको उच्च स्थानसम्म पुर्याउन सबै शिक्षक, विद्यार्थी, अभिभावक र कर्मचारीहरूको महत्वपुर्ण भूमिका रहेको बताए ।
वार्षिकोत्सव समारोहमा जनकपुरधाम क्षेत्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षाकर्मी, विद्यार्थीका अभिभावक र जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । स्वस्तिक इङ्गलिश बोर्डिङ्ग स्कुलले यस अवसरमा आगामी दिनमा अझ बढी शैक्षिक र अतिरिक्त क्रियाकलापमा ध्यान दिने बताएको छ ।विद्यालयका प्रधानाध्यापकले भने, ‘हाम्रो लक्ष्य भनेको विद्यार्थीहरूलाई शैक्षिक, सामाजिक र सांस्कृतिक दृष्टिले सक्षम बनाउनु हो । यस वार्षिकोत्सवले हामीलाई थप उर्जा प्रदान गरेको छ र हामी अझै बढी मेहनत गर्नेछौं ।’
विद्यालयले आगामी दिनमा विभिन्न शैक्षिक तथा सांस्कृतिक गतिविधिहरू गर्दै शिक्षा क्षेत्रलाई सबल बनाउने योजनाहरू अघि सारेको छ ।समारोहको समापनमा विद्यालयका संस्थापक के.डि. महतोले धन्यवाद ज्ञापन गर्दै विद्यालयले आगामी वर्षहरूमा अझ बढी जिम्मेवारीका साथ अघि बढ्ने वाचा गरेको छ।
Discussion about this post