nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

स्नातकोत्तर तहमा जनप्रशासनका कक्षा सञ्चालन गर्दै मधेश विश्वविद्यालय

गिरिजानन्द साह गिरिजानन्द साह
माघ ९, २०८१, १०:४५ मध्यान्ह
स्नातकोत्तर तहमा जनप्रशासनका कक्षा सञ्चालन गर्दै मधेश विश्वविद्यालय
मधेश विश्वविद्यालयले यही शैक्षिक सत्रदेखि जनप्रशासन सङ्कायतर्फ स्नातकोत्तर तह (एमपिए) र स्नातक तहमा उद्यमशीलता विषयमा नयाँ कक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।
गत आर्थिक वर्षदेखि कानुन सङ्कायतर्फ स्थातक तहअन्तर्गत बिएएलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपिएम कक्षा सञ्चालन गर्दै आएकामा विद्यार्थीको आकर्षण बढ्दै गएपछि विश्वविद्यालयले यही शैक्षिक सत्रदेखि जनप्रशासन सङ्कायतर्फ स्नातकोत्तर तह र उद्यमशीलता विषयको स्नातक तहको कक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।
“ती दुवै सङ्कायको कक्षा सञ्चालनका लागि आवश्यक पाठ्यक्रम निर्माण भइसकेको छ”, विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवले भने, “एमपिए कक्षाका लागि आगामी फागुनदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्छौँ ।” उनका अनुसार आगामी शैक्षिक सत्रदेखि ‘कमाउँदै पढ्दै’ कार्यक्रमअन्तर्गत मधेश प्रदेशका आठ वटै जिल्लाका सामुदायिक विद्यालयमा सञ्चालन गरिने उद्यमशीलता विषयको स्नातक तहको पठनपाठनको तयारी भइरहेको हो ।
आर्थिक अभावका कारण स्नातक तह अध्ययन गर्न नसकेका ग्रामीण क्षेत्रका विद्यार्थीलाई लक्षित गरी उद्यमशीलता विषयको कक्षा सञ्चालन गर्न लागिएको बताउँदै रजिष्ट्रार यादवले पहिलो वर्ष प्रदेशका चार वटा जिल्लामा र अर्को वर्ष थप चार जिल्लामा कक्षा सञ्चालन गर्ने योजना रहेको जानकारी दिए । उनका अनुसार मधेश विश्वविद्यालयले सङ्घीयता अध्ययन प्रशिक्षण केन्द्र स्थापना गरी सङ्घीयता विषयको अध्ययन र अनुसन्धानको विषयमा पनि कक्षा सञ्चालन गर्न लागेको छ ।
हालै प्रदेशको बारा, पर्सा, रौतहट र धनुषा जिल्लामा सरकारी निकायका प्रमुख, कर्मचारी तथा सरोकार भएकासँग सङ्घीयता विषयको अध्ययन र अनुसन्धानको विषयमा प्रारम्भिक चरणको छलफल गरिएको रजिष्ट्रार यादवले बताए । हाल उक्त विश्वविद्यालयमा बिएएलएलबी प्रथम वर्षमा एक सय १० र दोस्रो वर्षमा एक सय १० जना तथा जनप्रशासन सङ्कायतर्फ पहिलो वर्षमा २५ र दोस्रो वर्षमा २० जना विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयलाई कानुन सङ्कायतर्फ एक सय १०, जनप्रशासनतर्फ ५५ वटा कोटा निर्धारण गरिएको थियो ।
विश्वविद्यालयको तत्काल आफ्नो संरचना निर्माण भइनसकेकाले काठमाडौँ विश्व विद्यालयको समन्वयमा दुवै सङ्कायको पठनपाठन सञ्चालन गर्दै आइएको रजिष्ट्रार यादवले जानकारी दिए । विसं २०७९ वैशाख १४ गते मधेश प्रदेशसभाद्वारा मधेश विश्वविद्यालय ऐन, २०७९ जारी भई २०७९ भदौ २२ गते विश्वविद्यालय स्थापन गरी दुवै सङ्कायको पठनपाठन सुरु गरेको थियो । विश्वविद्यालयले वीरगञ्जस्थित नेशनल ट्रेडिङ्गको भवन भाडामा लिई कार्यालय सञ्चालन गर्दै आएको छ ।
अनुसन्धान र प्रशिक्षणको माध्यमबाट शिक्षण सिकाइलाई प्रभावकारी र गुणस्तरीय बनाउन सकिने मान्यताअनुरुप विश्वविद्यालयलाई प्रदेशमा पहिलो मधेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रका रूपमा स्थापना गर्ने लक्ष्य रहेको विश्वविद्यालयका उपकुलपति प्राडा दिपकबहादुर शाक्यले बताए । “हामीले सञ्चालन गरेको कानुन र जनप्रशासन सङ्कायको कक्षामा विद्यार्थीको आकर्षण देखेर उत्साहित भएका छौँ”, उनले भने, “त्यसैले आगामी दिनमा मेडिकल, ल्याब टेक्निसियन, फिजियोथेरापीलगायत चिकित्सा र स्वास्थ्यसम्बन्धी कक्षा पनि सञ्चालन गर्ने लक्ष्य राखेका छौँ ।”
तत्कालका लागि वीरगञ्जको नारायणी अस्पताल र पोखरियास्थित पोखरिया अस्पतालाई आधार बनाएर एमबीबिएस कक्षा सञ्चालन गर्ने योजना बनाएर प्राविधिक टोलीबाट सम्भाव्यता अध्ययनको तयारी गरिएको उपकुलपति प्राडा शाक्यले जानकारी दिए । उच्च शिक्षालाई अनुसन्धामूलक बनाउने उद्देश्यले फार्मेसी, विज्ञान तथा सूचना प्रविधिसँग सम्बन्धित प्राविधिक शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए । प्रदेशका ग्रामीण क्षेत्रका जनतालाई उच्च शिक्षामा पहुँच पु¥याउने, शिक्षालाई श्रम, श्रमलाई सीपसँग र सीपलाई समृद्धिसँग जोड्ने उद्देश्यका साथ दक्ष जनशक्ति उत्पादन गर्नका लागि प्रदेशमा ‘मधेश स्कील स्कूल’ स्थापना गर्ने विश्वविद्यालयको प्रमुख उद्देश्य रहेको छ ।
भौतिक संरचना निर्माणका लागि डिपिआर बनाउँदै
पोलिटेक्निक, सूचना प्रविधि (आइटी), व्यवस्थापन, पारामेडिकल, कृषि इन्जिनियरिङ्गलगायत प्राविधिक शिक्षाको माध्यमबाट प्रदेशलाई प्राविधिक शिक्षा हवका रूपमा विकास गर्ने उद्देश्यका साथ विश्वविद्यालय अघि बढेको छ । जग्गा प्राप्तिसँगै आवश्यक भौतिक संरचनाका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारी भइरहेको विश्वविद्यालयका रजिष्ट्रार यादवले जानकारी दिए ।
विश्वविद्यालयले पर्साको बहुदरमाई नगरपालिका–२ मा ३५ बिघा र पोखरिया नगरपालिकामा १६ बिघा ऐलानी जग्गा प्राप्त गरेको छभने पर्साको पकाहाँ मैनपुर गाउँपालिकास्थित सुरजाहा कट्टीमठ्ठ (राधाकृष्ण मन्दीर) को २७ बिघा जग्गा पाउने आश्वासन पाएको छ ।बहुदरमाई नगरपालिका–२ मा प्राप्त भएको जग्गालाई सिमाङ्कन गरी पिलर जडान गरिएपनि अझै स्वामित्व हस्तान्तरण हुन सकेको छैन् । “नगरपालिकाले जग्गाका लागि हामीलाई लेखेर दिइसकेको छ”, विश्वविद्यालयका रजिष्ट्रार यादवले भने, “जिल्लाको भोगाधिकार समिति, मधेश प्रदेश सरकारबाट निर्णय भएको विवरणसहितको फाइल सङ्घीय सरकारको भूमी व्यवस्था गरिबी निवारण मन्त्रालयमा पुगेको छ, मन्त्रीपरिषद्बाट पनि जग्गाको स्वामित्व विश्वविद्यालयलाई दिने निर्णय हुने आश्वासन पाएका छौँ ।” सङ्घीय सरकारबाट निर्णय भएपछि जग्गा विश्वविद्यालयको स्वामित्वमा आउने र त्यसपछि भौतिक संरचना निर्माण सुरु हुने उनको भनाइ छ ।
“जग्गाको स्वामित्व विश्वविद्यालयको नाममा नआएसम्म हामीले त्यो जग्गामा कुनै पनि भौतिक संरचना बनाउन सक्दैनौँ”, रजिष्ट्रार यादवले भने, “भौतिक संरचना बनाउन जग्गा चाहिन्छ, हाम्रो नाममा जग्गा नआएसम्म बनाउन सकिँदैन, भौतिक संरचना नबनाएसम्म अन्य कक्षा सञ्चालन गर्न पनि सकिँदैन ।” जग्गा प्राप्तिसँगै भौतिक संरचना निर्माणका लागि डिपिआर बनाउन लागिएको उनले बताए ।
त्यस्तै पोखरीया नगरपालिकाको १६ बिघा जग्गाको स्वामित्व मधेश विश्वविद्यालयमा हस्तान्तरणका लागि वडा कार्यालयबाट सिफारिस भई अन्य प्रक्रियामा रहेको विश्वविद्यालयले जनाएको छ ।
Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!