जनकपुर। धनुषामा कार र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार एकको घटनास्थल मै मृत्यु भएको हो भने अर्को एक जना गम्भीर घाइते भएका छन।
जिल्लाको बिरेन्द्रबजार महिनाथपुर सडक खण्ड अन्तर्गत सबैला नगरपालिका १० को सिमरारी र शहिदनगर नगरपालिकाको हौवाहिको बिचमा कार र मोटरसाइकल एकापसमा ठोक्किएको हो।
उत्तरदेखि दक्षिण तर्फ गइरहेको बागमती प्रदेश ०१ ०२७ च ८२२९ नम्बरको कारमा दक्षिण देखि उत्तरतर्फ गइरहेको ज ११ प ७७९६ नम्बरको एफ जेड मोटरसाइकलले कारको दाहिने भागमा ठोक्किदा उक्त दुर्घटना भएको हो।
मोटरसाइकलमा सवार अमन कुमार साहको घटनास्थलमै मृत्यु भएको तथा आकाश कुमार जायसवालको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय सवैलाका प्रहरी निरीक्षक दिपक क्षेत्री महतले बताए।
गम्भीर घाइते आकाश जयसवाल र मृत अमन को शवलाई प्रादेशिक अस्पताल जनकपुर लगिएको छ ।
घटनामा संलग्न कारको चालक र कारलाई प्रहरीले नियन्त्रणमा लिएका छ्न ।
Discussion about this post