nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

छोराको प्रेमिकामाथि बुवाको आँखा, ब्रेकअप गर्न लगाएर आफैले गरे विवाह

गिरिजानन्द साह गिरिजानन्द साह
पुस २१, २०८१, ७:५२ मध्यान्ह
छोराको प्रेमिकामाथि बुवाको आँखा, ब्रेकअप गर्न लगाएर आफैले गरे विवाह

पुस २१ गते। बैंक अफ चाइनाका अध्यक्ष लिउ लियाङले आफ्नो छोराको प्रेमिकासँग विवाह गर्न उनलाई ब्रेकअप गर्न प्रभावित गरेको समाचार छ । गत वर्षको नोभेम्बरमा बैंकको अध्यक्ष हुँदा १ सय २१ मिलियन युआन घुस लिएको तथा ३.३२ बिलियन युआन बारबारको अनधिकृत ऋण प्रवाह गरेको आरोपमा निलम्बित मृत्यु दण्डको सुनाएपछि लिउ चर्चामा आएका थिए ।

यसअघि उनी आफूभन्दा धेरै कम उमेरकी युवतीहरूसँगको प्रेमका लागि चिनिएका थिए । पहिलो पत्नीसँग सम्बन्ध विच्छेद गरेपछि उनले तीनवटा विवाह गरेका थिए । उनले चौथो विवाह आफ्नै छोराको प्रेमिकासँग गर्न पुगेका थिए । केही चिनियाँ मिडियाले सन् २०२३ मा नै लिउको यस अनौठो विवाहको बारेमा समाचार प्रकाशित गरेका थिए । उनलाई त्यतिबेला बैंक अफ चाइना र कम्युनिस्ट पार्टीबाट हटाइएको थियो । समाचारमा उनले कसरी आफ्नो छोरालाई प्रेमिका छाड्न प्रभावित गरे र आफैले कसरी त्यही युवतीलाई प्रेममा पारे भन्नेबारे उल्लेख थियो ।

६३ वर्ष लिउको कम उमेरका युवतीप्रतिको मोह लुकेको थिएन तर उनले यसका लागि आफ्नै छोराको सम्बन्ध बिगार्छन् भन्ने चाहिँ कसैले सोचेका थिएनन् । एक दिन लिउका छोराले आफ्नी प्रेमिकालाई पितासँग चिनाउन घर ल्याएका थिए । उनले आफूले विवाह गर्ने योजना बनाएको पनि सुनाएका थिए । तर, लिउ ती युवतीको सुन्दरताबाट यति मन्त्रमुग्ध बने, उनले ती युवतीलाई आफ्नो बनाउने सोचे । आफ्नी हुने वाला बुहारीलाई भेटेको केही दिनपछि लिउले छोरालाई ती युवती ठिक नभएको र परिवारका लागि राम्रो नहुने भन्दै छाड्न बाध्य पार्न थाले । ती युवतीको ध्यान केवल परिवारको सम्पत्तिमा भएको भन्दै उनले छोरालाई भड्काउन थाले ।

छोराले पितालाई सम्झाउने प्रयास गरे पनि अन्ततः दबाबमा आएर सम्बन्ध तोड्न बाध्य भए । लिउले त्यसपछि छोरालाई आफ्नो साथीको छोरीसँग जोडी मिलाइदिए । यता, आफ्नो योजनाबाट छोराको अवरोध हटेपछि उनले ती पूर्वप्रेमिका लागि महँगो उपहार, गरगहना दिन थाले । अन्ततः ती युवती लिउको प्रेममा परिन् । ब्रेकअप गरेको ६ महिनापछि लिउका छोराले आफ्नो पूर्वप्रेमिका आफ्नै कान्छी आमा बन्न लागेको खबर पाए । यसबाट उनी डिप्रेसनमा पुगे । उनको अवस्था यति खराब भयो कि उनलाई अस्पताल नै भर्ना गर्नुपरेको थियो । यता, लिउले चौथो विवाहमा भने लामो समय रम्न पाएनन् । उनीमाथि भ्रष्टाचार मुद्दामा अनुसन्धान हुन थाल्यो । उनले आफ्नो पद पनि गुमाउन प¥यो ।

Tags: रोचक विश्व

Discussion about this post

Related Posts

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि