जनकपुरधाम/गिरिजानन्द साह/असोज २३ गते। मधेश प्रदेश भू तथा जल संरक्षण समाजले २०८१ सालका चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम समाजका अध्यक्ष बेचन कुमार महतोको अध्यक्षता र मन्त्री त्रीभुवन साहको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रदेश सचिव उद्धव बहादुर घिमिरेले पनि आफ्नो उपस्थिति जनाएका थिए। समाजका पदाधिकारीहरू, आवद्ध सदस्यहरू, वरिष्ठ जलाधार व्यवस्थापन अधिकृतहरू, भू.स.अ.हरू, वाली विकास अधिकृत, भू.स.स.हरू, इन्जिनियरहरू, मन्त्रालयका सम्पूर्ण महाशाखा तथा शाखा प्रमुखहरू, रा. प. चुरे जनकपुरका प्रमुख तथा कर्मचारीहरू, साथै मन्त्रीज्यूसँग सम्बन्धित सचिवालयका कर्मचारीहरू समेत गरी ५० जना भन्दा बढी सहभागी भए।
उक्त कार्यक्रममा उपस्थित सबैले एकअर्कालाई चाडपर्वको शुभकामना आदान प्रदान गर्दै समाज र प्रदेशको विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
Discussion about this post