nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

एआईयुक्त आइफोन १६ सिरिज सार्वजनिक, यस्ता छन् विशेषता

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २५, २०८१, २:०८ मध्यान्ह
एआईयुक्त आइफोन १६ सिरिज सार्वजनिक, यस्ता छन् विशेषता

भदौ २५ गते। एप्पल कम्पनीले आइफोन-१६ सिरिज सार्वजनिक गरेको छ । ९ सेप्टेम्बरको दिन अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा आइफोन-१६ सिरिज सार्वजनिक गरेको हो ।

कम्पनीले यस वर्ष ‘इट्स ग्लोटाइम’ नाम दिएर सार्वजनिक समारोह आयोजना गरेको थियो । समारोहमा आइफोन-१६ सिरिजसहित एप्पल वाच सिरिज-१०, एप्पल वाच अल्ट्रा-२, एयरपड्स-४, एयरपड्स म्याक्स सार्वजनिक गरिसकेपछि आइफोन-१६ सिरिज सार्वजनिक गरिएको थियो ।

यस सिरिज अन्तर्गत कुल चार मोडेल (आइफोन-१६, आइफोन-१६ प्लस, आइफोन-१६ प्रो र आइफोन-१६ प्रोम्याक्स) सार्वजनिक गरिएको छ ।

आइफोन १६ मा खास के छ ?

आइफोन-१६ का विभिन्न विशेषताहरु छन् । तीमध्येको एक हो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) । एप्पल कम्पनीका प्रमुख टिम कुकले सार्वजनिक समारोहमा एप्पल इन्टेलिजेन्स र यसको उत्कृष्ट क्षमताका साथ नयाँ डिजाइनमा आइफोनलाई ल्याएको बताए ।

उनका अनुसार गत जुन महिनामा सार्वजनिक गरिएको एप्पल इन्टेलिजेन्सभन्दा शक्तिशाली र नयाँ पर्सनलन इन्टेलिजेन्स सिस्टम धेरै तरिकाले अलग छ ।

एप्पल कम्पनीले दिएको जानकारी अनुसार अहिलेको नयाँ एआई सिस्टमबाट टेक्स्ट, पिक्चर र भिडियोमा सपोर्ट मिल्ने छ । यसबाट उत्पादन बढ्ने र सिरी पहिलेको भन्दा अझै प्रभावकारी सावित हुने दाबी गरिएको छ । यद्यपि एप्पल इन्टेलिजेन्स फिचर केही महिनापछि मात्र सुरु हुने छ । पहिले यसलाई केही देशमा मात्र बिटा भर्जनमा मात्र सुरु गरिने छ ।

क्यामरा कन्ट्रोल

आइफोन-१६ सिरिजमा क्यामरा एक्सन कन्ट्रोलका लागि साइड प्यानलमा एक बटन राखिएको छ । यसको प्रयोगबाट मोबाइल प्रयोगकर्ताले क्यामरा एप खोल्ने, फोटो खिच्ने, भिडियो बनाउने, जुम गर्ने गर्न सक्छन् । यस्तै एक्सपोजर, डेप्थ, फिल्ड कन्ट्रोल जस्ता काम पनि त्यही बटनबाट हुने छ ।

कम्पनीको दाबी छ कि यसबाट फोटो खिच्न र भिडियो बनाउन अझै सहज हुने छ ।

केही महिनापछि एप्पल इन्टेलिजेन्स सुरु हुनासाथ क्यामरा कन्ट्रोलमार्फत् भिजुअल इन्टेलिजेन्स पनि प्रयोगकर्ताले पाउने छन् ।

एक्सन बटन

आइफोन-१६ सिरिजमा एक्सन बटन पनि राखिएको छ । प्रयोगकर्ताले यो बटनमा एकपटक थिचेर विभिन्न फङ्सनमा सजिलैसँग जान सक्छन् ।

उदाहरणका लागि फ्ल्यास लाइट, क्यामरा वा कन्ट्रोल यसैबाट खोल्न सकिन्छ । रिङ्ग वा साइलेन्ट मोडमा पनि जान सकिन्छ । यसका अलावा अन्य नयाँ अप्सनहरु पनि यसमा मिल्ने छ ।

18 चिप

आइफोन–१६ सिरिजमा एप्पल इन्टेलिजेन्सका लागि विशेष गरी A18 चिप प्रयोग गरिएको छ । यसबाट पावर क्षमतासँगै ब्याट्रीको लाइफ पनि बढ्ने कम्पनीको दाबी छ ।

यो विगतका आइफोन सिरिजभन्दा दुई जेनेरेसन अगाडिको चिप हो । आइफोन-१५ मा A16 बायोनिक चिप प्रयोग गरिएको थियो ।

क्यामरा

आइफोन-१६ मा ४८ मेगापिक्सलको डुअल क्यामरा सिस्टम छ । साथै टेलिफोटो लेन्स द्दह जुमको क्षमताको छ । आइफोन-१६ प्रोमा भने यो छह जुम क्षमताको छ ।

ब्याट्री

आइफोन-१६ एकपटक फुल चार्ज गरियो भने लगातार २७ घण्टासम्म भिडियो हेर्न सकिने ब्याट्री क्षमता रहेको दाबी कम्पनीले गरेको छ । आइफोन-१६ प्रोमा भने यस्तो क्षमता ३३ घण्टाको छ ।

कलर, डिस्प्ले र क्यापासिटी

आइफोन-१६ र आइफोन-१६ प्लस कुल पाँच रङ्ग (कालो, सेतो, गुलाबी, हल्का हरियो र निलो रङ्गमा उपलब्ध छन् ।

 

आइफोन-१६ प्रो र प्रोम्याक्स भने चार रङ्ग (कालो, सेतो, क्रिम कलर र हल्का सुनौलो रङ्ग) मा उपलब्ध छन् ।

आइफोन-१६ को साइज ६.१ इन्चको छ । आइफोन-१६ प्लस ६.७ इन्च र आइफोन-१६ प्लसको साइज ६.७ इन्चको छ । यसैगरी आइफोन-१६ प्रोको साइज ६.३ इन्च र आइफोन-१६ प्रोम्याक्सको साइज ६.९ इन्चको छ ।

आइफोन-१६ र आइफोन-१६ प्लस तीन भेरियन्ट (१२८ जीबी, २५६ जीबी र ५१२ जीबी)मा उपलब्ध छन् ।

आइफोन-१६ प्रोका चार भेरियन्ट (१२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टीबी) छन् ।

आइफोन प्रोम्याक्स तीन भेरियन्ट (२५६ जीबी, ५१२ जीबी र १ टीबी) मा उपलब्ध छन् ।

मूल्य र उपलब्धता

यी फोनका सबै मोडेलहरु १३ सेप्टेम्बरदेखि प्रि-अर्डर गर्न सकिन्छ । अर्डर गरेको एक साताभित्र उपलब्ध गराउने दाबी कम्पनीले गरेको छ ।

यी फोनहरुको मूल्य मोडल र क्षमता अनुसार फरक फरक छन् । आइफोन-१६ सिरिजका मोबाइलहरु १ लाख २७ हजार ९०० रुपैयाँदेखि २ लाख ३२ हजार रुपैयाँसम्म पर्ने बताइएको छ ।

सन् २००७ मा सानफ्रान्सिस्कोमा आयोजित म्याकवर्ल्ड एक्सपोमा एप्पलका मालिक स्टिभ जब्सले पहिलो आइफोन सार्वजनिक गरेका थिए ।

पहिलो आइफोनको मूल्य ३९९ अमेरिकी डलर (हालको नेपाली रुपैयाँ साढे ५३ हजार) थियो । त्यतिबेला त्यसलाई हाँसोमा उडाइएको थियो ।

तर अहिले एप्पल कम्पनी विश्वको सबैभन्दा धनी कम्पनीको सूचीमा पर्दछ । र, एप्पलले उत्पादन गर्ने आइफोन लगायतका विद्युतीय सामानको लोकप्रियता बढ्दो छ ।

Tags: विज्ञान/प्राविधि

Discussion about this post

Related Posts

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!