असार ५ गते। सर्लाहीको बरहथवामा हत्यागरी फालिएको एक महिलाको शव फेला परेको छ । बरहथवा नगरपालिका–१२, लौकठ बस्ने ३५ वर्षीया लिलावती देवी महतोको हत्या गरी फालिएको शव खेतमा फेला परेको हो ।
महतोको घरबाट डेढ किलोमिटर टाढा कमल रायको खेतमा शव फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । मृतक महिलाको अनुहार र घाँटीमा निलडाम देखिएको छ ।
प्रहरीले घटनालगत्तै मृतक महिलाका श्रीमान् ३८ वर्षीय शंकर महतो र कान्छी श्रीमती वर्षीया सजनीदेवी महतोलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post