nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रौतहटमा अख्तियार आतंक चल्यो : जनप्रतिनिधि

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २६, २०८१, ११:१७ बिहान
रौतहटमा अख्तियार आतंक चल्यो : जनप्रतिनिधि

जेठ २६ गते। पछिल्लो समय रौतहटका स्थानीय तहमा अख्तियार दुरुपयोग अनुसन्धानको नाममा आतंक फैलिएको जनप्रतिनिधिहरूले गुनासो गरेका छन्। रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित आयोजित कार्यक्रममा शुक्रबार अधिकांश जनप्रतिनिधि त्यस्तो गुनासो गरेका हुन्।कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान हेटौंडाको कार्यकेत्र अन्तर्गत सबैभन्दा बढी मुद्दा पर्ने दोस्रो जिल्लाको रुपमा रौतहट रहेको बताइएको छ। अख्तियार हेटौंडा अन्तर्गत १२ जिल्लामध्ये सबभन्दा बढी मुद्दा पर्ने जिल्लाको रूपमा बारा रहेको छ भने रौतहट दोस्रो स्थानमा रहेको छ।

तराई-विकास तथा सञ्चार केन्द्र काठमाडौंको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रौतहटको समन्वयमा स्थानीय शुक्रबार दुर्गा भगवती गाउँपालिकामा आयोजित ‘सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका’ विषयक कार्यक्रमका उक्त कुरा प्रकाशमा आएको हो। कार्यक्रमका प्रमुख अतिथि उपमहा लेखापरीक्षक पदमबहादुर पौडेलले विश्व आर्थिक मन्दीबाट गुज्रिरहेको अवस्थामा सबैले आ-आफ्नो दायित्व सम्झेर राज्यको उद्देश्य पूरा गर्नुपर्ने जिम्मेवारीबोध गराएका छन्।

स्थानीय तहका राम्रा कार्यहरू प्रचार-प्रसारमा ल्याउनुपर्ने बताएका थिए। देशमा हाल ११ खर्ब रुपैयाँ बेरुजु रहेको छ। देशको बजेट बराबरको बेरुजु फर्छ्यौट गर्नुपर्नेमा त्यसो नहुँदा उनले चिन्ता व्यक्त गरेका थिए। ७५३ स्थानीय तहमध्ये ७४८ स्थानीय तहमा ३१ अर्ब रुपैयाँ बेरुजु रहेको बताए। देशको ४८ स्थानीय तहले वार्षिक बजेट ऐन कानुन पारित नगरेरै चलाउँदै आएको जिकिर गरेका थिए।

२८० स्थानीय तहले गत आर्थिक वर्षको बक्यौता रकम दिएर चालु आर्थिक वर्षको बजेट सकाएको उप-महालेखापरीक्षक पौडेलले बताए। मधेश प्रदेशमा ६५ अर्ब रुपैयाँ बेरुजु रहेको उनले जानकारी गराएका थिए। ४० हजार दरबन्दीमा हाल १४ हजार पद रिक्त रहेकले अधिकांश स्थानीय तहमा करार कर्मचारीकै भरमा  सेवा प्रवाह भइरहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका उपसचिव सुरेन्द्र घिमिरेले १२ जिल्लामध्ये सबैभन्दा बढी बारा जिल्लाको ७४४ मुद्दा परेको छ भने दोस्रो स्थानमा रहेको रौतहटको ६२८ मुद्दा परेको बताएका छन्। आयोगको कार्यालयमा गत वैशाख मसान्तसम्म कुल २७ सय ७१ मुद्दा परेको, जसमध्ये १५९९ छानबिन भएर फर्छ्यौट भइसकेको तथा ११७२ मुद्दा बाँकी रहेको उपसचिव घिमिरेले बताएका थिए।

त्यस्तै, रौतहटको ६२८ मुद्दा मध्ये २५० फर्छ्यौट भइसकेको उनले जानकारी दिएका थिए। आयोगमा उजुरी पर्दा छानबिन दाबी सत्य हो कि होइन स्थलगत निरीक्षण गरी प्रमाणको आधारमा छानबिन गरिन्छ। तथ्यलाई टेकेर कार्यालय प्रमुखको सल्लाह अनुसार मुद्दा अघि बढाउन विशेष अदालतमा आरोपपत्र दर्ता गर्ने र विशेष अदालतको फैसला अनुसार हुने गरेको उपसचिव घिमिरेले बताए।

मुद्दाको अन्तिम सुनुवाई सर्वोच्च अदालतमा हुनेगरेको व्यवस्था गरिएको छ। कार्यक्रममा गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले स्थानीय तहमा काम गर्ने कर्मचारीहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग भय व्याप्त रहेको हुँदा समयमा काम गराउन यहाँ निकै चुनौतीपूर्ण रहेको बताए। अनावश्यक रूपमा उजुरी गर्ने परिपाटीबाट विकास निर्माणको कार्यमा शिथिलता आएको उनले गुनासो गरे।

गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले जिल्लाको लागि पालिकाको लागि कार्यक्रम ऐतिहासिक भएको बताउँदै रौतहटमा गलतसाथै सहीलाई पनि उजुरी दिएर हैरान पारेको बताए। मेयरलाई हरेस गर्न, असफल गराउन, सही कामलाई जानीजानी दुःख दिनेलाई समात्नु पर्ने माग गरेका थिए। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले राज्यद्वारा प्रदत्त गरिएका हक अधिकारको सही रूपमा प्रयोग गरेर आम सेवाग्राहीलाई निष्पक्ष रुपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए। गलत गर्नेलाई निरुत्साहित गर्ने निकायहरू छँदैछन् तर पाएको जिम्मेवारीलाई सही रूपमा बहन गर्दा उजुरीबाट केही फरक नपर्ने स्पष्ट पारे।

दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भुकुमार सिंहको सभापतित्वमा कार्यक्रममा सञ्चारकर्मी प्रभातकुमार झा, दुर्गा भगवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठक लगायत स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले आ-आफ्ना सुझाव एवम् कामको सिलसिलामा आइपर्ने अप्ठ्यारा अवस्था सम्बन्धी जानकारी राखेको तराई-विकास तथा सञ्चार केन्द्रका अध्यक्ष गोविन्दप्रसाद चौंलागाई जानकारी गराए।

कार्यक्रममा दुर्गा भगवतीकी उपाध्यक्ष शिलादेवी, प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ, इशनाथका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र झा, बौधीमाइको प्रमुख प्रशासकीय अधिकृत प्रमोद यादव, कटहरियाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, अधिकृत देवनाथ यादवसहित नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईं लगायतका सुरक्षा निकायका प्रतिनिधिसहित विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।-न्युज कारखाना

Tags: मधेस प्रदेश खबररौतहट खबर

Discussion about this post

Related Posts

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा सम्बन्धी समीक्षा गोष्ठी जनकपुरधाममा सम्पन्न

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा सम्बन्धी समीक्षा गोष्ठी जनकपुरधाममा सम्पन्न

आमसञ्चार प्राधिकरण, मधेश प्रदेशमा दर्ता रहेको अनलाईनको सम्पादकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

आमसञ्चार प्राधिकरण, मधेश प्रदेशमा दर्ता रहेको अनलाईनको सम्पादकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

७ वर्षपछि राजर्षि जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु

७ वर्षपछि राजर्षि जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु

प्रचण्ड गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

प्रचण्ड गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

यी हुन विश्वका सबैभन्दा धनी कम्पनि, मस्कले स्पेश एक्स ७ औं नम्बरमा

यी हुन विश्वका सबैभन्दा धनी कम्पनि, मस्कले स्पेश एक्स ७ औं नम्बरमा

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

सातै प्रदेशको बजेट सार्वजनिक, विकासदेखि रोजगारीसम्मका कार्यक्रम प्राथमिकतामा

सातै प्रदेशको बजेट सार्वजनिक, विकासदेखि रोजगारीसम्मका कार्यक्रम प्राथमिकतामा

मेथी, अमला र फूलबाट बनाउनुस विशेष तेल, जसले राेक्छ कपाल झर्न

मेथी, अमला र फूलबाट बनाउनुस विशेष तेल, जसले राेक्छ कपाल झर्न

आगामी ३ दिन तातो लहर चल्ने, यी हुन बढी प्रभावित १७ जिल्ला

आजको मौसमः तराईमा आंशिक बादल लागे पनि गर्मी अत्याधिक हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!