फागुन २८ गते। काठमाडौंको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायब निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ । उपचारको क्रममा माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उनको मृत्यु भएको हाे ।
फागुन २० मा जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट उनी घाइते भएका थिए । उपचारको क्रममा आइतबार उनको मृत्यु भएको हो । दुर्घटना गराउने बसका चालक नवराज गिरीविरुद्ध प्रहरीले ‘सवारी ज्यान’ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।














Discussion about this post