काठमाडौं/फागुन ९ गते । राष्ट्रिय भूमि आयोगले करार सेवामा कर्मचारी भर्नाका लागि दरखास्त माग गरेको छ । आयोगले ९७ नापी प्राविधिकहरू करार सेवामा भर्ना गर्नुपर्ने भएकाले दरखास्त मागेको हाे ।
सो पदमा इच्छुक तथा न्यूनतम योग्यता पुगेका उम्मेदवारले आजका मितिबाट १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । आवेदन दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
त्यस्तै, नेपाल इन्जिनियरिङ सेवा सर्भे समूहअन्तर्गत निजामती सेवा तथा संस्थान सेवाबाट अवकाश प्राप्त कर्मचारीको हकमा ६० वर्ष उमेर ननाघेको हुनुपर्ने आयोगले जनाएको छ ।
हेर्नुहोस सूचना
Discussion about this post