माघ २७ गते।भारतीय राजनीतिज्ञ एवं वरिष्ठ कलाकार मिथुन चक्रवर्ती अस्पताल भर्ना भएका छन् ।छातीमा समस्या देखिएपछि ७३ वर्षीय चक्रवर्तीलाई शनिबार कोलकातको एक निजी अस्पतालमा भर्ना गरिएको हो ।भारतीय सञ्चार माध्ययमका अनुसार छाती दुख्ने र असहज महसुस भएपछि अस्पताल पुगेका हुन् । अहिले उनको उपचार जारी छ ।चक्रवर्तीका ठूला छोरा मिहोहका अनुसार अवस्था सामान्य रहेको भए पनि छाती दुख्नका कारण पत्ता लागेको छैन । उनी चिकित्सकहरु निगरानीमै छन् ।
Discussion about this post