nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ४, २०८३, ९:५३ मध्यान्ह
जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

जनकपुरधाम/मंसिर ४ गते। बालबालिकाको अधिकार संरक्षण, सहभागिता अभिवृद्धि तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले जनकपुरधाममा प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र क्षमता विकाससम्बन्धी कार्यशाला आयोजना गरिएको छ। साथै कार्यक्रममा वर्ल्ड भिजन,सबल नेपाल, प्लान इन्टरनेसनल,युनिसेफ नेपाल,सेभ द चिल्ड्रेन,ज्वास र बागमती सेवा समाजले सहयोग गरेको छ।

कार्यक्रमको आयोजना खेलकुद तथा समाजकल्याण मन्त्रालय मधेस प्रदेशले गरेको छ भने कार्यक्रममा समन्वय तथा सहयोग महिला,बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्ले गरेको छ।

‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने मूल नाराका साथ मधेश प्रदेश सरकार, खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा मंसिर ४ र ५ गते दुईदिने कार्यशाला सञ्चालन भइरहेको हो।

कार्यक्रमको प्रमुख अतिथि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेशका निमित्त मुख्यसचिव पार्वती शर्मा रहेकी थिइन्। कार्यक्रममा प्लान इन्टरनेशनलकी प्रतिनिधि काजल झा, सेभ द चिल्ड्रेनका मकर सार्की तथा युनिसेफ नेपालका अशोक झाको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव सुनील कुमार साहले गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्वती शर्माले बालबालिका राष्ट्रको भविष्य मात्र नभई वर्तमानका महत्वपूर्ण साझेदारसमेत रहेको बताइन्। उनले बालबालिकाको अधिकार सुनिश्चित गर्नु, उनीहरूको विचार र भावनाको सम्मान गर्नु तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउनु राज्यको महत्वपूर्ण दायित्व भएको उल्लेख गरिन्।

उनले बालबालिकाको क्षमता र नेतृत्व विकासका लागि बाल क्लब तथा बाल सञ्जाललाई प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन्। बालबालिकालाई आफ्नो अधिकारप्रति सचेत बनाउँदै समाजमा सकारात्मक परिवर्तनका संवाहकका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।

कार्यक्रमको अध्यक्षता गर्दै खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव सुनील कुमार साहले बालबालिकाको सर्वाङ्गीण विकासका लागि उनीहरूलाई सुरक्षित, सम्मानजनक र सहभागितामूलक वातावरण उपलब्ध गराउनुपर्ने बताए।

उनले बालबालिकाको क्षमता पहिचान, नेतृत्व विकास तथा आफ्ना समस्या र विचार खुलेर राख्न सक्ने वातावरण निर्माण गर्न बाल क्लब र सञ्जालको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे। बालबालिकाको अधिकार संरक्षणका लागि सरकार, नागरिक समाज, विकास साझेदार संस्था र सरोकारवाला निकायबीच सहकार्य र समन्वय आवश्यक रहेको उनको भनाइ थियो।

कार्यशालामा प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, बालबालिकाको क्षमता विकास, नेतृत्व सीप अभिवृद्धि तथा बाल अधिकारका विषयमा छलफल र अन्तरक्रिया गरिने जनाइएको छ।

त्यसैगरी बालबालिकालाई संगठित गर्दै उनीहरूको आवाजलाई स्थानीय तहदेखि प्रदेशस्तरसम्म पुर्‍याउने तथा बाल अधिकार संरक्षणका अभियानमा सक्रिय सहभागिता सुनिश्चित गर्ने उद्देश्यसमेत कार्यक्रमले राखेको छ।

कार्यक्रममा नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय तथा युनिसेफ, सेभ द चिल्ड्रेन, प्लान इन्टरनेशनल र वर्ल्ड भिजनलगायत संस्थाको सहयोग रहेको छ।

दुईदिने यस कार्यशालाले मधेश प्रदेशमा बाल अधिकारको संरक्षण, बाल सहभागिता अभिवृद्धि तथा बाल क्लब सञ्जाललाई थप सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Tags: Sajilo PostSajilo Post MediaSajiloPost.comजनकपुरधामसमाचार

Discussion about this post

Related Posts

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

प्रेमिका भेट्न गएका युवक मृत फेला

प्रेमिका भेट्न गएका युवक मृत फेला

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि