माघ २१ गते। मोटरसाइकल दुर्घटना हुँदा एक जना युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाहीको बरहथवा नगरपालिका–७, की १९ वर्षीया अस्मिता राय रहेका छन् ।
भरत तालबाट बरहथवातर्फ जाने सडकमा मधेस प्रदेश–०३–२५ प ५९२७ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई पल्टिँदा अस्मिता गम्भीर घाइते भएकी थिइन्।
उनलाई बागमती मोडेल अस्पताल कर्मैयामा सामान्य उपचारपश्चात् चन्द्रपुर सरकारी अस्पताल रौतहट पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका–७, कै २६ वर्षीय मुन्ना यादव सामान्य घाइते भएका छन्।
चालक यादव र मोटरसाइकललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकल धनी २१ वर्षीय सिद्धान्त कुमार शर्मालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ
।














Discussion about this post