पुस २६ गते । सिरहामा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
सिरहाको बिष्णुपुर गाउँपालिका-४ थल्हास्थित सडकमा से.१ क १३४५ नम्बरको बसको ठक्करबाट सोही गाउँपालिका-४ थल्हा बस्ने राज कुमार साहको छोरा ३ वर्षीय आयाश साहको बुधबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।














Discussion about this post