महाेत्तरी/पुस २३ गते। महाेत्तरीकाे गाैशालामा भएको दुर्घटना एक उपरिचित पुरुषको मृत्यु भएको छ ।
जिल्ला काे गाैशाला नगरपालिका वडा नं.१ स्थित रामनगर जंगल स्थित रेल्वे टैक पुल देखि करिब १ किलोमिटर दक्षिण सम्सी – माईस्थान उत्तर दक्षिण सडक खण्डमा नामथर वतन नखुलेको अन्दाजी ३२ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महाेत्तरीले जनाएको छ ।
गाैशाला नगरपालिका वडा नम्बर ५ अन्दाजी ३८ वर्षिय गणेश प्रसाद साहले चलाएर लगेको ज.६ प ४८४६ नम्बरको माेटरसाइकलले ठक्कर दिँदा घाइते भएकोमा उनलाई तत्काल उपचारको लागि बर्दिबास अस्पतालमा लग्दा उपचार हुन नपाउँदै ती ३२ वर्षिय पुरुष घाइतेको मृत्यु भएको हुँदा मृतककाे शव पाेष्टमार्टमा लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न भएको महाेत्तरीका सुचना अधिकृत तथा प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए ।
माेटरसाइकल चालक गणेश प्रसाद साहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गैशाले जनाएका छन् ।














Discussion about this post