पुस १४ गते । ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको छ।
बाराको कलैया उपमहानगरपालिका-२२ मटेरीयामा प्र.२-००३ त ६०८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २५ वर्षीय राजेश रामको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Discussion about this post